दक्षिण अफ्रिकालाई वान डे सिरिजमा क्लिन स्विपको दुर्लभ उपलब्धिबाट रोक्न सकेन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०७३, शुक्रबार ०८:२४

डेबिड वर्नरले उत्कृष्ट शतक बनाए पनि अष्ट्रेलियाले बुधबार राति दक्षिण अफ्रिकालाई वान डे सिरिजमा क्लिन स्विपको दुर्लभ उपलब्धिबाट रोक्न सकेन । दक्षिण अफ्रिकाले पाँचौं तथा अन्तिम वान डे न्युल्यान्डमा ३१ रनले जित्यो । वार्नरले १ सय ३६ बलमा १ सय ७३ रन बनाए र उनको अर्को छेउबाट कसैले पनि बलियो साथ दिएन सकेनन् र पूरा पाहुना टिम २ सय ९६ रन बनाएर अलआउट भयो ।khel-a

यसअघि दक्षिण अफ्रिकाले आठ विकेटमा ३ सय २७ रन बनाएको थियो । दक्षिण अफ्रिका सिरिजका सबै पाँचै खेल जित्न सफल रह्यो । पाँच खेलको सिरिजमा अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध सबै खेल गुमाएको यो पहिलोपल्ट हो । यो हारका बाबजुत पनि पाहुना टिम वान डे बरियतामा नम्बर १ स्थानमा रहनेछ । दक्षिण अफ्रिका दुई अंक पछाडि दोस्रो स्थानमा छ । ‘वार्नरले मात्र राम्रो खेले, अरू कसैले सकेनन्,’ पाहुना कप्तान स्टिभ स्मिथले माने ।

उनले दक्षिण अफ्रिकालाई पनि सिरिजका सबै खेल जितेकोमा बधाई दिए र यसको श्रेय टिमको उत्कृष्ट प्रदर्शनलाई लिए । रिले रोसले १ सय २२ र जेपी डुमेनीले ७३ रन बनाएपछि दक्षिण अफ्रिकाले विशाल स्कोर तयार पारेको थियो । यो न्युल्यान्डमा तेस्रो ठूलो वान डे स्कोर पनि रह्यो । न्युल्यान्डमा मैदानमा जितका लागि पछ्याएको सबैभन्दा ठूलो स्कोर २ सय ५८ रन रहेको हुँदा सुरुमै दक्षिण अफ्रिका जितको हकदार देखिएको थियो ।

दक्षिण अफ्रिकी विकेटकिपर क्विन्टेन डे ककले कागिसो राबाडाको बलमा ११ रन बनाएर खेलिरहेका वार्नरको क्याच छाडेका थिए र त्यसयता पाहुना ब्याट्सम्यानले आक्रामक ब्याटिङको नमुना पेस गरे । उनले २४ चौका प्रहार गरे । उनको त्यस प्रदर्शनको मद्दतले अष्ट्रेलियाको जित सम्भावना कायम थियो । तर उनी आउट हुने नवौं ब्याट्सम्यान रहे र लगत्तै पूरा टिम २ सय ८८ रनमा समेटिएको थियो ।

उनी इमरान ताहिरले प्वाइन्ड बाउन्ड्रीबाट गरिएको थ्रोमा रनटआउट भए । उनी स्ट्राइक आफ्नो पक्षमा पार्ने दबाबमा जोखिमपूर्ण रन लिने क्रममा आफ्नो विकेट गुमाउन बाध्य रहे । यसअघि लेग स्पिनर ताहिरले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएर वार्नर आरोन फिन्चबीचको ७२ रनको साझेदारी तोडे । लगत्तै उनले स्मिथको पनि विकेट लिए । दक्षिण अफ्रिकी कप्तान फाफ डे फ्लेसेसले वार्नरको प्रदर्शनलाई गजब ब्यााटिङ भएको भन्दै प्रशंसा गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१