थाइल्यान्ड । विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार देहान्त भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो ।
थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा राष्ट्रिय एकता एवम् स्थायी शान्तिका लागि प्रजातान्त्रिक प्रयासमार्फत थाइल्यान्डलाई नेतृत्व दिएका नरेश भूमिबोल लामो समयदेखि बुढ्यौली र विभिन्न रोगले ग्रस्त उहाँ थाइल्याण्डको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको थाई राजप्रासाद निकायले एक विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
पछिल्ला दुई वर्षमा धेरै समय उपचारका लागि उहाँलाई उक्त अस्पतालमा राखिएको थियो ।
उहाँको निधनको समाचार थाइल्यान्डको राष्ट्रिय टेलिभिजनमा पहिले श्यामश्वेत फोटो देखाइएपछि समाचार प्रस्तोतामार्फत घोषणा गरिएको थियो ।
थाई नरेश भूमिबोलप्रति जनताको श्रद्धा साँचो रहेको थियो जुन राजा र प्रजाबीच सम्बन्धलाई सुमधुर राख्न बनाइएको संयन्त्रले गरेको सावधानीपूर्ण व्यवहारका कारण उहाँप्रति जनताको प्रगाढ माया रहेको बताइने गर्छ ।
राष्ट्रियताका रुपमा रहेर करिब सात दशक सत्तामा रहनुभउका दिवङ्गत थाई नरेशको मृत्युले राष्ट्रको भविष्यलाई अनिश्चित राजनीतिक भूमरीमा लानसक्ने कतिपय विश्लेषकको बुझाइ छ ।
एक वर्षसम्म शोक मनाइने
थाइल्यान्ड सरकारले उहाँको निधनपछि एक वर्षसम्म शोक मनाउने घोषणा गरेको छ ।
दिवङ्गत नरेश भूमिबोलको उत्तराधिकारीका रुपमा ६४ वर्षीय युवराज महा विजारालोन्कोनले सत्ता सम्हाल्नु हुने जानकारी दरबार स्रोतले जनाएको छ ।
लामो समयसम्म थाइल्यान्डमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने घोषणाका साथ सन् २०१४ मा सेनाद्वारा लिइएको नेतृत्व उहाँको निधनपछि सङ्कटमा पर्नसक्ने स्थानीय राजनीतिक विश्लेषकले बताएका छन् ।
प्रतिक्रिया