नयाँ स्मार्टफोन किन्नुभयो? पुरानो फोनमा भएका एसएमएस यसरी सार्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७३, बिहीबार ०६:५९

नयाँ स्मार्टफोन किनिसकेपछि त्यसका फिचरहरुको बारेमा जानकारी लिन त केही समय लाग्ला तर त्यो भन्दा जरुरी कुरा पुरानो फोनमा रहेका नम्बर,अन्य फाइलहरु कसरी नयाँ फोनमा सार्ने ?  %e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f

गुगल एकाउन्टको कारण नम्बर,फोटो तथा अन्य ब्याकअप फाइलहरु त सजिलै साइनेक्स गर्न सकिन्छ तर पुरानो फोनमा भएका जरुरी म्यासेजहरुलाई कसरी नयाँ फोनमा सार्नेरु यो सबैको लागि टाउको दुखाईको विषय हो।  तर अब यो समस्या समाधान हुने भएको छ एउटा एपको माध्यमबाट।

यसको लागि सर्वप्रथम ‘एसएमएस ब्याकअप एन्ड रिस्टोर’ एप गुगलप्लेस्टोरबाट दुबै फोनमा डाउनलोड गर्नुपर्छ। यसपछि ति दुवै फोनको कनेक्सन एउटै नेटवर्कको वाइफाईमा हुन आवस्यक हुन्छ। अब दुबैतिर एप खोलेर राख्ने जहाँ पुरानो फोनमा ट्रान्सफर बटममा क्लिक गर्ने यसपछि त्यसमा सेन्ड फ्रम दिस फोन भन्ने बिकलप छनौट गर्ने।  त्यसैगरी नयाँ फोनमा रिसिभ बटममा क्लिक गर्ने त्यसपछि दिइएको निर्देशन पालना गर्दै अगाडि बढ्नुपर्छ।  यसरी म्यासेजको भोल्युम अनुसार समय लाग्नसक्छ। अन्ततः पुरानो फोनमा भएका सबै एसएमस नयाँ फोनमा आउँछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१