होमस्टेहरुप्रति पर्यटकको आकर्षण बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७३, बिहीबार ०६:४४

%e0%a4%b9%e0%a5%8b%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%b9%e0%a4%b0%e0%a5%81नेपालगञ्ज, २७  असोज। बाँके राष्ट्रिय निकुञ्ज र यहाँका होमस्टेहरुप्रति पर्यटकको आकर्षण बढ्न थालेको छ । बाघ संरक्षणका लागि स्थापना गरिएको निकुञ्ज र गाभर तथा ढकेरीमा स्थापना गरिएका होमस्टेहरुप्रति पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै गएको पाइएको छ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि निकुञ्ज वरिपरि दुई वटा होमस्टेहरु संचालनमा आएपछि नेपालका विभिन्न स्थान र भारतका सीमावर्ती विभिन्न जिल्लाहरुबाट पर्यटकहरु आउने क्रम बढेको गाभर होमस्टे सञ्चालक कृष्ण चौधरीले वताउनुभयो । नेपालका वनजंगल घुम्ने र गाउँमा बसेर रमाइलो तथा आनन्द गर्ने उद्देश्यले भारतबाट परिवारसहित आउनेहरु अहिले बाँके निकुञ्जमा घुम्न र गाभर एबम् ढकेरीको होमस्टेमा बस्न रुचाइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१