हंगकंगमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातृ संगठन “प्रबासी नेपाल एकता समाज हंगकंग” गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०७३, सोमबार ०७:३२

raparpa-1  हंगकंग,चीन। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बिदेश स्थित भातृ संगठन “प्रबासी नेपाली एकता समाज हंगकंगको”तदर्थ समिति गठन भएको छ।इश्वर बिक्रम शाहको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति सर्बसम्मत चयन गरीएको छ।तदर्थ समितिमा पुकार शाह,बिष्णु भुषाल,शुष्मा शाही,खेम राना ,सुमन केसी,जगत गुरूङ,सोम गुरूङ,दील कुमारी राई,उमा थापा र तुलसी उप्रेती हुनु हुन्छ।तदर्थ समितिमा रहेका सदस्यहरूको पदिय जिम्मेवारी १ हप्ता भित्र तय गरीने र अब आउँदो ६ महिना भित्र प्रथम अधिबेशन गर्ने निर्णय पनि गरीएको छ।हंगकंग जोर्डन स्थित कांगन रेष्टुरेन्ट हलमा हंगकंगका नेपालीहरूको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपा नेपालको भातृसंगठन “राष्ट्रीय प्रजातान्त्रिक यूबा संगठन नेपालको केन्द्रीय सचिव” हिक्मत जंग कार्की हुनु हुन्थ्यो भने बिशेष अतिथि नेपाली जनसम्पर्क समितिका हंगकंगका सभापति बसन्त श्रीनेत,नेकपा माओबादी केन्द्रका अध्यक्ष रविन लिङदेन,संघीय समाजवादी फोरमका अध्यक्ष हजेन राई हुनु हुन्थ्यो। कार्यक्रममा अतिथिहरूले मन्तब्यका क्रममा हंगकंगमा रहनु भएका नेपालीहरू र यहाँ रहेका संघ संस्थाहरूको बस्तु स्थितिका बारेमा चर्चा गर्नुका साथै देशको बर्तमान राजनिति अबस्था र संबिधान कार्यान्वयन बिषयमा चर्चा गरेका थिए।प्रमुख अतिथि हिक्मत जंग कार्कीले राप्रपा नेपालको बर्तमानको स्थिति, देश र जनताका हितका लागि राप्रपा नेपालले खेली रहेको भूमिका र राप्रपा नेपालले बोकेको एजेण्डा बारेमा प्रष्ट पार्नुको साथै राप्रपा नेपालको बिदेश स्थित भातृ संगठन “प्रबासी नेपाली एकता समाज” बिस्तार गर्नुको उदेश्यका बारेमा चर्चा गर्नु भएको थियो।कार्यक्रममा हंगकंगमा रहेका बिभिन्न राजनितिक पार्टीका प्रतिनिधिहरूको उपस्थितिले आफू खुशी भएको कुरा कार्कीले ब्यक्त गर्नु भयो।कार्यक्रमा दशैमा नै परेको हुँदा उपस्थिति रहेकाहरूले एक आपसमा दशैको शुभकामना आदान प्रदान गरेका थिए।raparpa

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१