अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्ने तयारी सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०७३, शुक्रबार ०९:०८

काठमाडौं । सरकारले अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्नका लागि प्रक्रिया सुरु गरेको छ । दुरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्याटलाइट राख्न विश्वव्यापी आशयपत्र मागेको छ ।

प्राधिकरणले ४५ दिने सूचना प्रकाशित गर्दै स्याटलाइटसम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुसँग प्रस्ताव मागेको हो ।

यसअघि पनि नेपालको अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्ने सम्बन्धमा गरिएका अध्ययनहरु कार्यान्वयन हुन नसकेपछि अब अन्तर्राष्ट्रिय कम्पनीसँगको साझेदारीमा राख्ने तयारी भएको हो । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१