नेपाली हवाई उद्योगमा फेरी एउटा हेलिकप्टर कम्पनी थपियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०७३, शुक्रबार ०८:०७

काठमाडौँ   । नेपाली हवाई उद्योगमा फेरी एउटा हेलिकप्टर कम्पनी थपिएको छ । एयरलाइन्स अपरेटर्स एसोशिएसन नेपाल ९आयोनका अनुसार हालै थपिएको अल्टिट्युड एयरसहित नेपालमा हेलिकप्टर कम्पनीको संख्या आठ पुगेको छ । यी सबै कम्पनीले नागरिक उड्डयन प्राधिकरणमा २९ वटा हेलिकप्टर दर्ता गराएपनि हाल १८ वटा हाराहारी हेलिकप्टर मात्रै उडानमा छन् । %e0%a4%b9%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%9f%e0%a4%b0

यसमा ५ जना नेपाली पर्यटन व्यवसायीसहित अन्यको पनि लगानी छ । जसमा मुख्य लगानीकर्ता यतीरतारा एयरलाइन्सका अध्यक्ष शोनाम शेर्पा यस कम्पनीका पनि अध्यक्ष हुन् । उनको यस कम्पनीमा लगानीको हिस्सा अन्यको दाँजोमा धेरै छ । अन्य लगानीकर्तामा चोयू ट्रेकिङ्‌का सञ्चालक निमा नोरु शेर्पा, हिमालयन सोसल जर्नीका सञ्चालक राम प्रसाद सापकोटा, हिमालयन शेर्पा एडभेन्चरका सञ्चालक फुर्वा ग्याल्जेन शेर्पा र सांग्रिला नेपाल ट्रेकिङ्‌का सञ्चालक जीवन घिमिरे छन् ।

लगानीकर्तामध्येका सापकोटाले यो हेलिकप्टरको मूल्य २७ करोड रुपैयाँ परेको बताए। सापकोटाका अनुसार, इटालीबाट पानीजहाजमा कार्गो गरेर ल्याइएको यो हेलिकप्टर भारतको कोलकाता हुँदै काठमाडौंमा लरीमा ल्याइएको हो । यस्लाई एयरबसका इन्जिनियरहरुले त्रिभुवन विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा एसेम्बल गरेका थिए । बिहीबारसम्म अल्टिट्युडको यो हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणका सबै प्रक्रिया पूरा गरीसकेको कम्पनीले जनाएको छ । ‘हामीले सबै प्रक्रिया पूरा गरेर चार्टर उडान गर्न तयारी अवस्थामा पुगेका छौं,’ सापकोटाले भने, ‘क्यानडामा एउटा सम्मेलनमा भाग लिन गएका प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई कुरेर बसेका छौं ।’

केही महिनाभित्र यही मोडलको अर्को हेलिकप्टर ल्याउने योजना बनाएको अल्टिट्युडले यो हेलिकप्टर उडाउनकालागी एक जना इटालियन पाइलट र नेपाली सेनाका अवकाशप्राप्त हेलि पाइलट प्रमोदकुमार लामालाई नियुक्त गरेको छ । हेलिकप्टर कम्पनीमा कार्यरत एक अधिकारीका अनुसार, नेपालमा हेलिकप्टर उडाउने पाइलटले मासिक ५ लाख हाराहारी पारिश्रमिक पाउँछन् । अधिकांश हेलिकप्टर नेपालको पर्यटन क्षेत्रमा उद्धारमा चार्टर उडानका रुपमा प्रयोग हुने गरेका छन् । हेलिकप्टर कम्पनीहरुले प्रति घन्टा उडानको १३ सय देखि १८ सय डलर रुपैयाँ भाडा लिन्छन् । उच्च हिमाली भेगमा विदेशीहरुलाई उद्धार गर्ने हेलिकप्टरले घन्टाको ३ हजार डलरसम्म लिने गरेको ती अधिकारीले बताए । heli

यसैबीच मनाङ्ग एयरबाट छुट्टिएका ६ जना सञ्चालकहरुले पनि हेलि एभरेष्ट नामको अर्को कम्पनीको अनुमति पाइसकेका छन् । पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलको पालामा अनुमति पाएको यो कम्पनीले पनि केही महिनाभित्र हेलिकप्टर ल्याउँदै छ । अल्टिट्युडअघि नेपालमा एयर डाइनेष्टी, श्री, मनाङ्, माउन्टेन, फिस्टेल, सिम्रिक, प्रभुले हेलिकप्टर चार्टर उडान भर्दै आएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१