विज्ञान र प्रविधिको प्रयोगले नै नेपालमा द्रूत आर्थिक विकास गर्न सकिने : महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०७३, बिहीबार ०६:५०

पर्सा, २०  असोज । पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले विज्ञान र प्रविधिको प्रयोगले नै नेपालमा द्रूत आर्थिक विकास गर्न सकिने बताउनुभएको छ ।%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8-%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%af
हरिखेतान बहुमुखी क्याम्पसले  आयोजना गरेको विज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – विज्ञान र प्रविधिको माध्यवाट कृषिमा यान्त्रिकीकरण र मुलुकमा औद्योगिकीकरण गरेर अघिबढेमा राष्ट्रलाई समृद्ध बनाउन धेरै समय लाग्दैन् ।

नेपाली काँग्रेसमन नेता समेत रहनुभएका डा महतले विज्ञान र प्रविधिकै बलमा केही वर्षमै समृद्ध बनेका दर्जनाँै राष्ट्र रहेका छन भन्दै प्रकृतिक स्रोत साधनको अधिकतम सदुयपोग गरी विज्ञान प्रविधिलाई अपनाउन सके नेपाललाई उन्नतिको बाटोमा डो¥याउन सकिने बिचार व्यक्त गर्नुभयो ।

राजनीतिक अस्थिरतालाई अन्त्य गर्न दलहरु गम्भीर हुन आवश्यक रहेको बताउँदै उहाँले अब दलिय भागबन्डाबाटमाथि उठेर देश हितका विषयमा दल गम्भीर हुनुपर्नेमा जोडदिनुभयो ।

विज्ञान र प्रविधि भित्र्याए पनि प्रयोगकर्ता नैतिकवान नभए त्यसले राष्ट्र र मानवतालाई नै नोक्सान पु¥याउने उनीहरुले धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१