प्रधानमन्त्री शरीफले शान्तिप्रतिको पाकिस्तानको प्रतिबद्धतालाई कमजोरीका रुपमा नलिन भारतलाई दिए चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०७३, बिहीबार ०६:३०

इस्लामाबाद । भारतसँगको तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले राष्ट्रिय सुरक्षा कमिटीको बैठक बोलाएर भारतलाई धेरै धम्कीपूर्ण भाषा प्रयोग नगर्न चेतावनी दिएका छन्। स्थल सेना प्रमुख तथा गुप्तचर निकाय आइएसआइका प्रमुख सहभागी बैठकमा प्रधानमन्त्री शरीफले भारतको धम्की र उत्ताउतोपनादेखि डराउन आवश्यक नभएको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

बैठकपछि प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ उरी आक्रमणपछि भारतसँग बढ्दो तनावकाबीच हाम्रा सैनिक मुलुकको रक्षाकालागि पूर्णरुपले तयार छन्।’ सो बैठकले भारतले गलत रुपमा सर्जिकल स्ट्राइकको दाबी गरेको निष्कर्ष निकालेको संचारमाध्यमले उल्लेख गरेका छन्। बैठकमा प्रधानमन्त्री शरीफले शान्तिप्रतिको पाकिस्तानको प्रतिबद्धतालाई कमजोरीका रुपमा नलिन भारतलाई चेतावनी दिएका छन्।

उनीहरुले बाहिरी दुनियाँसँग मुकाविला गर्न पाकिस्तानी सेना तयार रहेको निष्कर्षसमेत निकालेको संचारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१