बार्सिलोनाले तलब बढाएर लुइस सुवारेजलाई क्लबमा सन् २०२० सम्म राख्न करार अवधि थप गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०७३, बिहीबार ०६:१३

बार्सिलोना । बार्सिलोनाले तलब बढाएर भए पनि स्टार स्ट्राइकर लुइस सुवारेजलाई क्लबमा सन् २०२० सम्म राख्न करार अवधि थप गर्ने भएको छ । नयाँ करार अनुसार सुवारेजले अब नेयमार जति नै आमदानी गर्नेछन् तर अझै लियोनेल मेस्सीभन्दा केही कम कमाउनेछन् ।
सुवारेजले हाल हप्ताको १ लाख ७० हजार पाउण्ड कमाउँछन् । उनको करार सन् २०१९ सम्म रहेको छ ।suarez

तर प्रशिक्षक लुइस एनरिकेले भने उनलाई थप एक वर्ष राख्दै तलब १ लाख पाउण्डले बृद्धि गर्ने तयारी गरेको स्पेनिस पत्रिकाहरुले जनाएका छन् ।

स्पेनिस मिडियाका अनुसार सुवारेजले अब नेयमारले जस्तै समान हप्ताको २ लाख ७२ हजार पाउण्ड कमाउनेछन् । उता, मेस्सीले भने ३ लाख ६० हजार पाउण्ड कमाउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१