बस्नका लागि उत्कृष्ट र उपयुक्त सहरहरु यस्ता छन् :

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७३, बुधबार ०७:२५

saharबस्नका लागि उत्कृष्ट र उपयुक्त सहरहरु कुन होलान् भन्ने सोचमा हुनुहुन्छ? तर आधिकारीकरुपमा यस्ता शहर कुन हुन् भन्ने थाहा पाउन गाह्रै हुन्छ। आप्रवासीका लागि बस्न कुन सहरहरु राम्रा छन् भनेर मर्सरले वार्षिक अध्ययनका आधारमा सूची जारी गरेको छ।

सुरक्षा, स्वास्थ्य, शैक्षिक स्रोत, विकासका पुर्वाधार, वातावरणलाई मध्यनजर राखेर मर्सरले बस्नका लागि उत्कृष्ट रहेका सहरहरु छनौट गरेको हो। जसअनुसार अस्ट्रियाको भियाना नम्बर एकमा परेको छ।

४४० वटा सहरको मूल्यांकन गरिएकोमा एसियाबाट सबैभन्दा राम्रोमा सिंगापुर परेको छ जो २६ ‌औं नम्बरमा छ।

उत्कृष्ट जीवनशैली/ मानवीय सन्तुष्टका आधारमा उत्कृष्ट रहेका १० शहरहको र्‍याङकिङ यस्तो छ।

१.भियाना अस्ट्रिया

२. ज्यूरिक, स्वीट्जरल्याण्ड

३.अकल्याण्ड, न्यूजिल्याण्ड

४. म्यूनिक, जर्मनी

५. भ्यानकोभर, क्यानाडा

६.डसेल्डर्फ, जर्मनी

७. फ्या‌ंकफर्ट, जर्मनी

८. जेनेभा, स्वीट्जरल्याण्ड

९. कोपेनहेगन, डेनमार्क

१०. सिड्नी, अस्ट्रेलिया

प्रतिक्रिया