कुख्यात आतंकवादी संगठन आइएसका प्रमुख अबु बकर अल–बग्दादीको खानामा विष मिसाएर खुवाइएपछि उनको स्थिति चिन्ताजनक छ। बेलायती अखबार ‘डेली मेल’ का अनुसार निनेवेहको बेआज जिल्लामा बग्दादी र उनका तीन कमान्डरको खानामा विष मिलाइएको थियो।
यही खाना खाएर ४ जना कै अवस्था चिन्ताजनक रहेको बताइएको छ। गोप्य जानकारीका अनुसार आफ्नो प्रमुखलाई विष दिने व्यक्तिको खोजी कार्यलाई आइएसले तीव्र बनाएको छ। बग्दादीसँगै बस्ने कमान्डोको परिचय गोप्य राखिएको छ। यसअघि पनि हवाई हमलामा बग्दादी थुप्रै पटक घाइते भएको समाचार प्रकाशित भएका थिए।
उनको थुप्रै पटक निधन भएको समाचार पनि आएको थियो। तर, सबै खबर झुटो निस्किएको थियो।
प्रतिक्रिया