रंगकर्मी तथा अभिनेत्री सरीता गिरीको फेसबुकमा नीलो रङको पानको पातमुनि देखियो, ‘इन अ रिलेसनसिप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७३, बुधबार ०७:११

sarita-giriमंगलबार बिहान रंगकर्मी तथा अभिनेत्री सरीता गिरीको फेसबुकमा नीलो रङको पानको पातमुनि देखियो, ‘इन अ रिलेसनसिप।’

त्यसो त उनले यसअघि नै एक दैनिक पत्रिकामा आफ्नो प्रेमको बारेमा सार्वजनिक गरिसकेकी थिइन्। तैपनि सन्चारकर्मीदेखि अन्य व्यक्ति बारम्बार सोधिरहन्थे रे, ‘तपाईंको प्रेमरु बिहे कहिले गर्नेरु’ यस्तैयस्तै।

उनलाई फेसबुकमै लेखिहाल्नचाहिँ मन थिएन रे१ ‘बारम्बार यस्ता प्रश्न आइरहेपछि लेखेँ’, हाँस्दै सरीताले भनिन्, ‘फेसबुकमै लेखेपछि अब त नसोध्लान् नि।’

वीरेन्द्र हमालको एम। आर्ट थिएटर हुँदै गुरूकुलकी पहिलो ब्याच सरीता गुरूकुलमा छँदा अभिनेता सौगात मल्लसँग प्रेममा रहेको चर्चा चलेको थियो। बीचमा यो चर्चा यत्तिकै सेलायो। हाल भने अमेरिका बस्दै आएका एक युवकसँग करिब डेढ वर्षदेखि प्रेममा रहिछन् सरीता।

‘उहाँ पहिले नाटकमै काम गर्नुहुन्थ्यो,’ सरीताले आफ्नो प्रेमीबारे छोटकरीमा भनिन्, ‘गुरूकुलमा पनि उहाँको नाटक मन्चन भएको थियो र केही छोटा कार्यशाला पनि लिनुभएको थियो। तर, मैले उति ख्याल गरेको थिइनँ। उहाँले भने मलाई १५÷१६ वर्ष पहिल्यैदेखि चिन्नुहुँदो रहेछ।’

बिहेका लागि दुवैका पारिवारिक पक्ष राजी भइसकेको उनले बताइन्। ‘हामी चाँडै इन्गेजमेन्ट गर्दैछौं र बिहे पनि सम्भवतः यसै वर्ष हुनेछ।’

हालै ‘बोक्सीको घर’ नाटकमा सोलो अभिनय गरेर प्रशंसा कमाएकी गिरीले गुरूकुल र एम। आर्ट थिएटरबाट दर्जनौं नाटकमा अभिनय गरेकी छन्। उनले केही फिल्ममा समेत अभिनय गरेकी छन्।

तस्बिर(फिल्मीखबरडटकम

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१