गीतकार गोबिन्द र गायिका अन्जुको जोडीले तहल्का मच्चायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७३, मंगलवार १२:०७

नेपाली सङीतको क्षेत्रमा आधुनिक र गजल सङीतमा निकै चर्चित र मर्म स्पर्शि शब्द कोर्ने गीतकारको रुपमा चिनीन्छन गीतकार गोबिन्द प्रसाद उपाध्याय । हाल सम्म आफैले सत्यता र सत्यता -२ एल्बम बजारमा ल्याईसकेका र छोटो समयमा नेपाली सांगीतिक फाटमा शिर्ष स्थान ओगट्न सफल गीतकार उपाध्यायले सत्यता-३ को एक गजलको अडियो युबटुब मार्फत सार्वजनिक भएको छ।

गितकार गोबिन्दप्रसाद उपाध्यायका शब्दलाई गायक÷संगीतकार कुसुम भट्टराईले सँगीत कम्पोज गरेका हुन् भने यसमा साहस शाक्यको एरेन्ज रहेको छ । पेशाले पत्रकार भट्टराई बिगत सात वर्ष यता शास्त्रीय संगीतको अभ्यास गर्दै आएका छन् ।भट्टराईको म्युजिक कम्पोजमा अञ्जुको यो पहिलो गित हो । ‘धेरै पछि राम्रो गित गाउन पाइयो, मलाई त नबिर्से तिमिलाई गाउँदाजस्तै अनुभव भयो’, अञ्जुले भनीन् ।
शब्द र संगीत सुन्दा मलाई यस्तो लाग्यो यो कुनै बैंकर र पत्रकारले रचेको हैन, बरु प्रोफेशन र माझिएका सर्जकहरुले रचेका हुन्’, अञ्जुले भनिन् ।
गीतकार गोबिन्द प्रसाद उपाध्याय ले नेपाली को महान चाडपर्बलाई मध्यनजर गरेर फेरी एकपटक दशै तिहार गीत बजारमा ल्याउने हुनु भएको छ। उदाउदै गरेकी युवा गायिका प्रशना पान्डे ले स्वर दिनु भएको र वहाको आफ्नै एलबम ” दशै आयो-खुशिको बहारल्यायो ” भन्ने बोलको गीत पनी बजारमा आएको छ ।
उपाध्याय कै शब्ड रहेको यस सालको तीज गीत : चलेछ मग मग बासना” ले पनी स्र्वोक्रिस्ट शन्देशमुलक तीज गीत शब्दको अवार्ड प्राप्त गरेको थियो।
गीतकार गोबिन्दका यसअघिका दुई एल्बमहरुले विभिन्न एफएम र टेलिभिजनका म्युजिक अवार्डहरुमा उत्कृष्ट गितकारको पुरस्कार पाइसकेका छन् । गीत सिर्जनालाई ध्यानको संज्ञा दिने गोबिन्द आफ्नो व्यस्त समयबाट फुर्सद निकालेर साँझपख गित रच्नेगर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१