सधै हेपाई र हप्काई खेप्दै जेष्ठ नागरिक किन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७३, सोमबार १५:४६

कृष्ण राज भण्डारी

 raj-bhandari

जेष्ठ नागरिक परिचय पत्र देखाई रु ७ दिदा गाडीका परिचालकले जस्तोसुकै परिचय पत्र देखाएता पनि ४ कि मि दुरी वा चढ्नासाथ रु १० लाग्छ अरु कुरा थाहा छैन, नर्तिर्ने भए झरी हाल गन्तव्य स्थान अगाडि नै चालक तथा सहचालकले तुरुन्त गाडी रोकि माग्ने। बुढाबढी भिखारी भनी हप्काईमा सधै किन पर्नु परेको? पैसा दिन लिन नसक्नेले गाडी चढ्ने ? इत्यादि तवरले गाली गलौज नै गरी रु ७ लिए र केही टाढा पुगेर परिचय पत्र हिलो नालिमा फ्याकी गाडी कुदाउने गरेको अभद्र व्यवहार हामी जेष्ठ नागरिकले सहनै नसकेर आँखा रसाउने मन दुख्ने हुन्छ ।

यो व्यवहार हलो सरकार (११/११११) मा फोन गर्दा तपाईको फोन नं. अभिलेख भएको छ । पधादिकारी ज्युहरु वेर्फुसद हुनुहुन्छ । फुर्सदको समयमा तपाईको गुनासो तर्फ विचाराधीन हुन्छ भन्ने जवाफ आउँछ । प्रहरी कक्षमा सम्पर्क राख्दा तिर्नु भए भइ हाल्छ भन्ने जवाफ फर्काउनुहुन्छ । आखिर जेष्ठ नागरिकप्रति जिम्मेवार निकाय किन यस्तो भएको होला ?

100-year-old local resident Babou Zay holds his walking stick as he talks to a journalist about his damaged house near Mingora in Pakistan's Swat Valley August 26, 2010. REUTERS/Tim Wimborne (PAKISTAN - Tags: DISASTER CIVIL UNREST)

नेपालमा लिखित कानूनहरु सबै क्षेत्र र व्यक्ति विशेषका लागि छन् र त्यसलाई उत्कृष्ट मानिएको पनि छ । जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ ८/८ को दफा ९ को उपदफा १ अनुसार सार्वजनिक यातायातको प्रचलित भाडा दरमा ५० प्रतिशत छुटको सुविधा दिनुपर्ने छ । उपदफा ४ अनुसार उपचार गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुटको सुविधा दिनुपर्नेछ भन्ने व्यहोरा स्पष्ट लेखिएको छ । प्रायः जसो सार्वजनिक यात्रुबाहक यातायात साधनमा दुई सिट जेष्ठ नागरिकको लागि भन्ने लेखि छुट्याएको देखा परेन, किन होला सोधनी गर्दा थाहा छैन भनिन्छ । अनिवार्य यो व्यहोरा लेखिएको देखाउन ल्याएपछि मात्र यातायात साधनको नविकरण आदि गरिने छ भन्ने नीति निर्देशन जारी गर्न आवश्यक छ । ६० वर्ष पुरा भएको कारणले जेष्ठ नागरिक परिचय पत्र पाउने जेष्ठ नागरिक सम्बन्धी नियमावलीे २०६५/८/ ९ को दफा १४ को उपदफा १ क मा ७० वर्ष उमेर पुरा नगरेको जेष्ठ नागरिक बर्गिकरणमा परेको आधारबाट अनुसुसी ३ अनुसार वडा कार्यालय ३० मा २०७०/८/२८ मा पेश गरेको निवेदन उपर कछुवा गति भन्दा अति नै ढिलाई गरि २ वर्ष पछि मात्र २०७२/९/२२ पाउन सकिएता पनि ऐन नियम समन्वयन सर्वाेच्च अदालतको आदेश यातायात व्यवस्था विभागको २०७२/५/२५ को सूचना, मानव अधिकार आयोगको ध्यानाकर्षण र सरकारले सार्वजनिक यातायातका भाडा दर घटाएको पत्र पठाए संगै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिब सरोज सिटौला ज्यूले स्थानिय वा उपत्यकाका रुटमा चल्ने सार्वजनिक यातायातका सवारी साधनमा शनिबार २०७२/११/१ गते देखि नयाँ भाडा दर पूर्ण रुपमा लागू भएको छ भन्ने आधारबाट

२०७२/५/ २५ को गो.प मा प्रकाशित २०७२/१०/२४                २०७२/११/१ देखि

वैज्ञानिक प्रणालि     २.५३ प्रतिशतले घटाइएको   कायम भाडादर     बिद्यार्थीका लागि जेष्ठ          नागरिकका लागि

दूरी         को भाडा दर                        लिने      ४५ प्रतिशत छुट ५५ प्रतिशत छुट   लिन पाउने   ५० प्रतिशत छुट  लिने

४ कि.मि.         १३.४१            ३३.९२               १३.०७      १३             ५.८५    ६.१५                      ६/              ६.५०    ६.५०    ७/

५ कि.मि           १५.३३          ३८.७८               १४.९४       १५           ६.७५ ८.२५                          ८/              ७.५० ७.५०    ८/


कि.मि                १६.२८         ४१.१८                १५.८७        १६/           ७.५० ८.८०                        ९/             ८/     ८/         ८/


कि. मि               १७.२३        ४३.१९                  १६.७८          १७/         ७.६५ ९.३५                        ९/            ८.५० ८.५०       ९/

१०
कि.मि              १९.१५          ४८.४५                  १८.६७           १९/            ८.५५  १०.४५                    १० /          ९.५० ९.५०     १० /

१३.मि              २१.०७         ५३.३१                  २०.५४             २१/               ९.४५ ११.५५                   १२ /        १०।५० १०.५०   ११/

१६
कि.मि                 २२.८८     ५८.१४              २२.४०               २२/               ९.९० १२.१०                  १२ /        ११ /  ११/             ११ /
१८

१८
कि.मि            २३.९४        ६०.५७               २३.३३             २३/                 १०.३५ १२.६५              १३/    १    १.५० ११.५०       १२ /

१९
कि.मि           २४.९०        ६२.९८                २४.७             २४/                      १०.८० १३.२०          १३ /       १२ / १२/           १२/

वैज्ञानिक आधारवाट तोकिएको भन्दा यातायात सवारी साधनमा सर्वसाधारण चढ्नासाथ रु १५ देखि ३५ (सके ४० सम्म) र विद्यार्थी र जेष्ठ नागरिकलाई रु १० देखि २० (सके २५) सम्म हप्काई दप्काई लिने गरेको छ ।

jetha

जेष्ठ नागरिक परिचय पत्र देखाई रु ७ दिदा गाडीका परिचालकले जस्तोसुकै परिचय पत्र देखाएता पनि ४ कि मि दुरी वा चढ्नासाथ रु १० लाग्छ अरु कुरा थाहा छैन, नर्तिर्ने भए झरी हाल गन्तव्य स्थान अगाडि नै चालक तथा सहचालकले तुरुन्त गाडी रोकि माग्ने। बुढाबढी भिखारी भनी हप्काईमा सधै किन पर्नु परेको? पैसा दिन लिन नसक्नेले गाडी चढ्ने ? इत्यादि तवरले गाली गलौज नै गरी रु ७ लिए र केही टाढा पुगेर परिचय पत्र हिलो नालिमा फ्याकी गाडी कुदाउने गरेको अभद्र व्यवहार हामी जेष्ठ नागरिकले सहनै नसकेर आँखा रसाउने मन दुख्ने हुन्छ ।

यो व्यवहार हलो सरकार (११/११११) मा फोन गर्दा तपाईको फोन नं. अभिलेख भएको छ । पधादिकारी ज्युहरु वेर्फुसद हुनुहुन्छ । फुर्सदको समयमा तपाईको गुनासो तर्फ विचाराधीन हुन्छ भन्ने जवाफ आउँछ । प्रहरी कक्षमा सम्पर्क राख्दा तिर्नु भए भइ हाल्छ भन्ने जवाफ फर्काउनुहुन्छ । आखिर जेष्ठ नागरिकप्रति जिम्मेवार निकाय किन यस्तो भएको होला ?

meo

आम्दानी र शक्ति क्षण भईसकेको समयका जेष्ठ नागरिकहरुले वादविवाद पछि वाध्यताले रु १० तिर्नै परेर तिर्दा पचास प्रतिशत छुट रु ६.५ को सट्टा रु ३ (१३—१०) ३ मात्रै हो र ? यो न्यायोचित भयो त ? रु ६.५० को परिवर्तित रु ७ मात्र तिरे पुग्ने गरि अथवा प्रचलित दरको पचास प्रतिशतको रकम मात्र भाडा तिर्ने गरी सार्वजनिक यातायातमा सहजै यात्रा गर्न पाउने कहिले होला ! कल्पना मात्रै हो । उपचार गराउदा लाग्ने शुल्कमा ५० प्रतिशत छुटका सुविधा दिनु पर्ने कुरा थाहा छैन स्पष्ट निति नै बनेको छैन होला कि भनि स्वास्थ्य सेवा प्रदान गर्ने संस्था अस्पताल तुरुन्तै जवाफ मात्र पाउने भैरहेको छ । ऐन नियम र आदेशमा लेखिएको छुट दिनुपर्ने सुविधा दिई सो रकमको शोधभर्ना दिनुपर्ने दायित्व सरकारको भएकोले व्यवसायी/स्वास्थ्य संस्थाले सो को रकम माग गर्ने अथवा राज्यलाई तिर्नुपर्ने राजस्वमा कट्टा गरि दिनु पर्ने ठहर्न आउन नै प्रथा कायम गरेको ठिक हुन्छ । उपत्यका बाहिर अझै मनोमानित मा विकराल भैरहेको छ भन्ने सुन्ने पढेको छु । सुधार कहिले होला । जेष्ठ नागरिक परिचय पत्र देखाई सहज तवरले वैज्ञानिक प्रणाली अनुसारको भाडा दरमा घटाए पश्चातका भाडा दरमा उपरोक्त पचास प्रतिशत छुटको सुविधा लिने हाम्रो ज्युनिमा नै उपयोग गर्न पाउनेमा ससंकित हुन थालिएको व्यहोरा सम्बन्धित निकायहरुबाट निगरानी तवरले अनुगमन साथ समाधानार्थ उक्त तालिका रहित सम्पुर्ण जिज्ञासाहरु लोकप्रिय पत्रिकाका दृष्टिकोण विचार विवेचनामा प्रकाश गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहान्छौं ।

cGt/f{li6«o >lds lbj;sf] cj;/ kf/]/ Ho]i7 gful/sn] cfkmgf] >dsf] ;Ddfg ul/of]; egL ;/sf/nfO{ bjfj l;h{gf ug{] p2]Zon] cfh laxfg ;a]/} /fhwfgLdf cfof]hgf ul/Psf] ¥ofnL . tl:a/ M gf/fo0fk|;fb Gof}kfg]÷/f;;
लेख्दा लेख्दै संयुक्त राष्ट्रसंघको आव्हनमा प्रत्येक वर्ष अक्टोवर १ मा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस एक दिन मात्र नेपालमा पनि मनाउदै गरेको छ । ३६४ दिन त घर भित्र, बाहिर राज्य सरकारबाट अपेक्षितमा परेका छौ । युरोप एसियन सार्क मुलुकहरुको दाँजोमा जेष्ठ नागरिकहरुको सुरक्षण सुविधा सेवा कार्य हाम्रो नेपालमा के कसो होला ? सबैलाई चासो कति ? जनताको करले बनेको राज्यको ढुकुटीबाट उपचारार्थ एवं अन्य सयरका लागि नेताहरु विदेश भ्रमण एवम् पूर्व विशिष्ट व्यक्तिका लागि आजिवन सुविधा पुर्व सांसद ज्यूलाई अनेकौ सुविधा तर्फ खर्च गर्नमा सरकार तत्परताका साथ तल्लिनउन्मुख भएको खवरहरु सार्वजनिक भइरहेका छन् । राज्यबाट केही अंश मात्रैले भए पनि जेष्ठ नागरिकलाई सवारी साधन स्वास्थ्य सस्था निजी समेतमा ५० प्रतिशत छुटका सुविधा दिन पुग्न जानेमा सरकारको अहं भूमिकाका साथ दायित्व पुरा होस् भन्ने आम जेष्ठ नागरिकको एकमात्र चाहाना रहेको छ ।

(लेखन साहित्यमा रुची राख्ने लेखक भण्डारी सामाजसेवी जेष्ठ नागरिक धारापाटी मार्ग घर नं. २८ काठमाण्डौं ३ को स्थायी बासिन्दा हुनुहुन्छ ।)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१