कृषि, उर्जा र पर्यटन विकासका लागि पत्रिकाको शुभारम्भ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७३, सोमबार १२:३७

काठमाडौँ ।  विगत चार वर्षदेखि हस्पिटालिटी कन्सल्टेन्सी सम्बन्धी तालिम तथा अन्य विभिन्न कार्य गर्दै आइरहेको हस्पिटालिटी फाउण्डेशन अफ नेपालले आफ्नो चौथौँ वार्षिकोत्सवको अवसरमा कृषि, उर्जा र पर्यटन विकासका लागि भन्दै नेशनल अपलिफ्टमेन्ट मासिक नामक मासिक पत्रिकाको शुभारम्भ गरेको छ
काठमाडौँमा एक कार्यक्रमबीच उक्त पत्रिकाको शुभारम्भ गरिएको हो । पत्रिकाको विमोचन कृषि विकास मन्त्री गौरीशंकर चौधरीले गरेका थिए । देशमा कृषि, उर्जा तथा पर्यटन क्षेत्रको विकासका लागि यस संस्थाले सुरुवात गरेको यस कार्यलाई सबैले साथ र सहयोग प्रदान गर्नुपर्ने बताउँदै मन्त्री चौधरीले पत्रिकाले समाज परिवर्तनमा राम्रो भूमिका खेलोस भन्दै शुभकामना दिए । photo-2

कार्यक्रमको बारेमा बोल्दै हस्पिटालिटी फाउण्डेशनका अध्यक्ष महेश राज ढकालले भने, “ आज यस संस्थाको चौँथो वार्षिकोत्सवको उपलक्ष्यमा हामीले अर्को नयाँ प्रयास गरेका छौँ । होटलीय क्षेत्रमा मात्र कार्य गर्दै आएको यस संस्थाले अब देशको कृषि, उर्जा र पर्यटनको विकासका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेशनल अपलिफ्टमेन्ट मासिक पत्रिका प्रकाशनमा ल्याएका छौँ ।”
पत्रिकाको बारेमा थप बोल्दै उनले भने,“ देशका कृषि, उर्जा र पर्यटनको क्षेत्रलाई विशेष जोड दिँदै आगामी दिनहरूमा यस क्षेत्रभित्र रहेको विकृति तथा विसंगतीलाई चिरफार यस पत्रिकाले गर्नेछ ।”
पत्रिकामा कुषि, पर्यटन र उर्जा बाहेकको अन्य विषयलाई प्रथमिकता नदिई आगमी अकंहरु प्रकासित गरिने कार्यक्रमका सयोंजकरसम्पादक एवं दक्षिण एसियाकै सवैभन्दा कान्छो सेफ महेशराज ढकालले प्रतिबद्धता ब्यक्त गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१