दामोदरको दोस्रो कृति ‘कर्म’ सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७३, सोमबार ०९:४८

काठमाडौं । विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा त्रियाशिल दामोदर न्यौपानेको दोस्रो कृति ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ शनिबार सार्वजनिक भएको छ । उनको पहिलो कृति ‘एम्बुसमा ६ वर्ष’ पनि रुचाइएको पुस्तक हो । जहाँ द्वन्द अनुभवलाई विषयवस्तु बनाइएको छ ।
पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, समालोचक डा. देवी सुवेदी, सामाजिक अभियन्ता सविता उप्रेती, काभ्रे जिल्ला बालक्लब संजालका अध्यक्ष संजिव न्यौपाने, आदेशराज काफ्ले लगायतले पुस्तक सार्वजनिक गरे ।14494818_10209499596638612_1568576005894502849_n
उनीले बालबालिकाका विषयवस्तुलाई समेटर यो पुस्तक तयार पारेका छन् । ‘बालबालिकाको विषयमा रिपोर्टिङ्ग गर्दा मैले देखेको, भोेगेको विषयवस्तुलाई यहाँ समेटेको छु’, उनले भने, ‘नेपालमा बालबालिकाको अवस्था बुझ्न यो उत्तम सन्दर्भ सामग्री पनि हुनेछ ।’
न्यौपाने कान्तिपुर मिडिया ग्रुपसँग आबद्ध छन् । उनले कान्तिपुरको साप्ताहिक बालकोसेली कोपिलाको संयोजन गर्दा आफूले भोगेका कुराहरुलाई पुस्तकमा उतारेका छन् ।
उनको पुस्तकले बालमैत्री समाज निर्माणमा समेत टेवा पुग्ने सहभागीहरुले बताए ।
पुस्तक स्वदेश प्रकाशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१