उपराष्ट्रपतिको हातबाट रामकृष्णको आवरण सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७३, सोमबार ०९:३१

कमल सरगम /काठमाण्डौ । सुगम संगीत क्षेत्रका लोकप्रिय गायक रामकृष्ण ढकालको १५ औ एल्बम आवरणूको लोकार्पण सम्पन्न भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुन प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सुगम क्षेत्रका चर्चित चर्चित सर्जक तथा गायकहरुको उपस्थितिमा सम्पन्न भएको छ ।स्व ।नारायण गोपाल पच्चात पछिल्लो पुस्तालाई सम्हालेर अगाडी बढिरहेका ढकालको आवरणको बिमोचन भने सोल्टी क्राउन प्लाजामा भएको हो।११ ओटा गीतहरु समाबेस भएको एल्बमलाइ विन्ध्यवासिनी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ । एल्बम भित्र गीतकार मनिष वशिष्ट, उत्तम सन्जेल, रमेश बिजी, आनन्द अधिकारी, विनोद बन्जरा, प्रज्वल शमशेर जवरा, डा। आशबहादुर तामाङ र देवेन गिरीको शब्द तथा हरि लम्साल, न्हू बज्राचार्य, राजेश थापा, शिखर सन्तोष, राजनराज शिवाकोटी, किरण कँडेल र कल्याण सिंहले संगीत दिएका छन् ।लोकार्पण समारोहमा गायक ढकालले ‘आवरण’बाट आफू निकै आशावादी रहेको बताउँदै यसले आफ्नो पुरानो शृङ्खलालाई जोड्ने र स्तरीय गीत सुन्ने श्रोताको रुचिलाई सम्मान गर्ने बताए । उनले आफ्नो पुरानो गायन शैली र केही नयाँ प्रयोगलाई सँगसँगै ठाउँ दिएको पनि बताए । एल्बममा समावेश दुई गीतको भिडियो भने यस अघि नै प्रसारणमा आइसकेको छ । ‘म लडेको मात्र हुँ’ बोलको गीतको म्युजिक भिडियो भने सोही समारोहमा सार्वजनिक गरिएको थियो । यो एल्बमको बजार व्यवस्थापन भने विन्धवासिनी म्युजिकले गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१