माधवकुमार नेपालको हातबाट रु ४ लाख १६ हजार ७५ सहयोग प्रदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७३, सोमबार ०६:४८

काठमाडौँ । गायक हेमन मोक्तानले एचआईभी पिडित बालबालिकाको क्षेत्रमा काम गरिरहेको बेबी लाईफ होमलाई सहयोग हस्तान्तरण गरेका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको हातबाट रु ४ लाख १६ हजार ७५ प्रदान गरिएको हो, जहाँ २४ जना एचआईभी पिडित बालबालिका अध्यन गरिरहेका छन् ।moktan

गायक मोक्तानले दोस्रो एल्बम ‘फर्माइस’ विमोचनको गर्ने बेलामा गरेको वाचा पुरा गरेका हुन् । उनले कतारमा एक महिने कन्सर्ट गर्ने र त्यसबाट संकलित भएको रकम एचआईभी पिडित बालबालिकालाई हस्तान्तरण गर्ने बताएका थिए । आफ्नै नाममा हेमन मोक्तान फाउन्डेसनको स्थापना गर्दै सोहि फाउन्डेसन मार्फत उनले चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा हेमनको यो प्रयासलाई प्रमुख अतिथि माधवकुमार नेपालले तारिफ गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१