हारसँगै आरसिटीको ‘ए’ डिभिजन उक्लिने सम्भावना क्षीण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७३, सोमबार ०६:२२

काठमाडौं ।  च्यासल युथले शनिबार आरसिटीलाई पराजित गर्दै एक खेलअगावै ‘ए’ डिभिजन पक्का गर्दा सामाजिक युथ भने सहिद स्मारक बी डिभिजन लिगबाट घटुवा भएको छ। chyasal

हारसँगै आरसिटीको ‘ए’ डिभिजन उक्लिने सम्भावना क्षीण बनेकोछ। आरसिटीलाई माथि जान अबको खेल जित्नैपर्ने हुन्छ भने एनआरटी र सातदोबाटो युथलेसबै खेल हार्नुपर्छ। हल्चोकमा भएको खेल सातदोबाटोलाई २–१ ले सुम्पिएपछि सामाजिकको रेलिगेसन पक्का भएको हो।

एन्फा कम्प्लेक्समा शनिबार बिके गुरुङको गोलमा आरसिटीले १६औं मिनेटमा अग्रता लियो। ३०औं मिनेटमा विनोद केसीको गोलबाट च्यासलले बारबरी गर्‍यो। ६० औं मिनेटमा माधव भण्डारीले गरेको गोल च्यासलको जितमा निर्णायक बन्यो। च्यासलले अन्तिम खेल बाँसबारीविरुद्ध खेल्नेछ भने आरसिटीको खेलरेलिगेसनमा परेको महावीर क्लबसँग हुनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१