“ सामाजिक संजाल फेसबुकमा अश्लिल सामाग्री तथा लिंकहरु ट्याग भएमा बच्ने उपायहरू ”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७३, सोमबार ०६:०९

केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा भाइरसका रूपमा अश्लील सामग्री प्रसार भइरहेको छ । यसले धेरैलाई लाजमर्नु पनि बनाएको छ । नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत त्यस्ता अश्लील सामग्री तथा लिंक ट्याग भएमा बच्ने उपाय सुझाएको छ :smartphone1

“ सामाजिक संजाल फेसबुकमा अश्लिल सामाग्री तथा लिंकहरु ट्याग भएमा बच्ने उपायहरू ”

सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा भिडियो tag वा message गर्ने गरेको पाईएको र सो सामाग्रीहरु हेर्न त्यस्ता link मा click गर्ने बितिकै आफ्नो friend list मा रहेका सबै साथीहरुमा वा automatic share हुने गरेको छ ।

आफ्नो फेसबुक एकाउण्टबाट आफ्नो जानकारी र अनुमती बिना आफूले पठाउदै नपठाएको विभिन्न अश्लिल फोटो तथा भिडियोहरू share हुने गरेको समस्याका गुनासाहरु आएको हुँदा सर्वसाधारणको जानकारीका लागि, त्यस्ता समस्याबाट बच्न निम्न उपायहरू अपनाउन अनुरोध गर्दछौ ।
•तत्काल आफ्नो फेसबुकमा tagged तथा message मा post भएका त्यस्ता content हरुलाई delete गर्ने ।
•आफुले फेसबुक चलाउने गरेको कम्प्युटरमा रहेको browser को session, cookies file तथा Application data हरुलाई आवश्यकता अनुसार सो कम्प्युटरबाट delete गर्ने ।
•आफुले फेसबुक चलाउने गरेको कम्प्युटरमा रहेको temporary file हरुलाई आवश्यकता अनुसार सो कम्प्युटरबाट remove/delete गर्ने ।
•आफ्नो फेसबुक चलाउन प्रयोग गरेको password तत्काल परीवर्तन गर्ने । साथै password लाई secure गर्ने अन्य option हरुलाई enable गर्ने ।
•फेसबुकको Security Policy लाई edit गरी सम्बन्धित प्रयोगकर्ताको अनुमती बिना निजको फेसबुकमा कुनै कुरा tagged गर्न नदिने व्यवस्था मिलाउने । जसबाट अन्य ब्यक्तिले आफ्नो फेसबुकमा कुनै कुरा tagged गर्नसक्दैन र यस्ता spam हरुबाट बच्न सकिन्छ ।
•आफुले चलाउदै आएको फेसबुक पेजसंग सम्बन्धित download गरीएका अन्य Applications हरु deactivate गर्ने र आवश्यकता अनुसार reinstall गर्ने ।
•आफ्नो कम्प्युटरमा internet चलाउन प्रयोग गरीएको internet browser application हरुलाई reinstall गर्ने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१