पोखरा काठमाडौं बससेवा सुरु, बसभित्रै वाइफाइ, शौचालय र रेष्टुरेण्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७३, आईतवार १८:३३

पोखरा । पोखरा जगदम्बा ट्राभल्सले शनिवार देखि अत्याधुनिक सुविधायुक्त अति विशिष्ट भिआईपि बस सेवा सुरु गरेको छ । ट्राभल्सले ‘मिनीबार, शौचालय, वास बेसिन सहितको बस सेवा शनिवार देखि काठमाडौं–पोखरा रुटमा सञ्चालन सुरु गरेको हो । बसलाई  स्तरीय र आधुनिक बनाएर सेवा सुरु गरेको छ  । सिटलाई यात्रुले खुट्टालाई पनि आरामसँग राख्न सक्ने खालको निर्माण गरेको छ । यात्रुको चाहना अनुसार चिया, कफी र चिसो सिटसम्म नै पु¥याएर सेवा उपलब्ध गराएका छ ’  बसमा निःशुल्क वाइफाइ, पानी, जुस र टिभीको सुविधा रहेको छ ।

?????

खाजा, चिया, कफी र पानी बसभित्रै प्रदान गरिने भएकाले बाटोमा खाना खानमात्र बस रोकिने छ  । बसको एकतर्फी भाडादर नेपालीका लागि १ हजार ५ सय र विदेशीका लागि २ हजार रुपैयाँ कायम गरिएको बताइएको छ  ।?????

‘एसी’ र ‘हिटर’को सुविधा रहेको छ । पोखरा लेकसाइडबाट १० बजे र अमरसिंह चोकबाट ११ बजे काठमाडौका लागि छुट्ने छ  । त्यसै गरि काठमाडौको कलंकीबाट विहान ११ बजे छुट्ने छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१