टीकाको माया जालैमा शिवानीको बोल्ड अवतार (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७३, आईतवार १२:४४

काठमाण्डौं ।नेपाली सांगितिक क्षेत्रमा उदयमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ ।
गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको छ । अझ शिवानी विश्वकर्माको उत्कृष्ट तथा बोल्ड अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न पौड्यालले यस भिडियो निर्देशन गरेका छन् ।
डान्स गर्ने क्रममा शिवानीको भित्री पहिरन देखिएको छ ।

त्यस्तै छोटो पहिरनहरुमा उनी भिडियोमा प्रस्तुत भएकी छिन् । गितमा उदय सोताङ्गको शब्द तथा संगित रहेको छ । ‘मेलोडी’ नामक एल्बममा टीकाको यस गित समावेश छ ।
गायिका टीकाको एक सय भन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन् भने एक दर्जनभन्दा बढी गितको म्यूजिक भिडियो सार्वजनिक भैसकेको छ । आगामी दिनमा दर्शक श्रोताको चाहना अनुसारका नयां नयां गित ल्याउने तयारी गरिरहेको उनले अनलाईन टिभी अन्नपूर्णलाई जानकारी दिईन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१