बजेट प्रति सत्तारुढ दलका नेता नै असन्तुष्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७१, सोमबार १०:१२

अर्थमन्त्री डा. रामशरण महतले व्यवस्थापिका संसदमा बजेट टेबुल गरिसकेपछि प्रतिक्रिया दिँदै एमालेका बरिष्ठ नेता नेपालले भने,’यो बजेट जनताले आशा गरे अनुसार नभएको र धेरै क्रुटि  र कमजोरी भएको पाएँ ।’ आजको राजधानी दैनिकले समाचार  छापेको छ ।nnv_87113

उनले राष्ट्रिय महत्व र गौरव बोकेका रणनीतिक  र दीर्घकालिन रुपमा समेत रहेका कार्यकर्तालाई बजेट उपेक्षा गरेको टिप्पणी गरे । ‘भोलि हुने संघीयतालाई सम्बोधन गर्ने गरी भौगोलिक रुपमा समानुपातिक ढंगले बजेट वितरण भएको छैन, नेपालले भने,’मध्यपहाडी लोकमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, कृषि र पर्यटनलाई प्राथमिकितामा नराखी बजेट गौण विसेको छ ।’

उनले ठूला जलविद्युत योजनाको लुकरा धेरै गरिएपनि साना जलविद्युतको बारेमा गौण रहेको तथा सडक यातायातको सञ्जाल निर्माणलाई प्राथमिकता नदिएको र युवाका ठोस योजना नआएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१