काठमाडौँ । नेपाली पर्यटनको मुख्य आधार हिमाल आरोहण हो । जसले नेपालको पहिचानलाई विश्वसामु प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सर्वोच्च शिखर सगरमाथा सहित विश्वका ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् । सन् १९५३ मे २९ मा पहिलो पटक नेपाली तेन्जिन नोर्गे शेर्पा र विदेशी न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि नेपाली पर्वतारोहण विश्वचर्चित बन्यो । त्यसयता नेपालको पर्वतीय पर्यटन पर्यटनको मेरुदण्डकै रुपमा कहलियो । अन्नपूर्ण, मनास्लु, कबमलु, कञ्चनजङ्गाजस्ता चर्चित हिमाल आरोहणका लागि विभिन्न मुलुकबाट सयौँको संख्यामा आरोही आउछन् ।
नेपालमा हिमाल आरोहणको विभिन्न वर्षगाँठमा रजत, स्वर्ण र हीरक महोत्सव मनाईदै आएको छ, यसले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गरी विदेशी पर्यटक आकर्षण गर्न महत्वपूर्ण योगदान पुगेको छ ।
छ हिमालको हीरक महोत्सव
नेपाली हिमाल आरोहणको ६० वर्ष बढी लामो इतिहास छ, यस अवधिमा सगरमाथासहित छ वटा हिमाल हीरक महोत्सव मनाउन सफल भएका छन् । सगरमाथा, चोयु, मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सव मनाईएको छ, भने आगामी मङसिरमा मकालु र कञ्चन्जङ्गाको हीरक महोत्सव मनाईदैँछ ।
छ हिमालको स्वर्ण महोत्सव
पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेलेका सगरमाथासहित छ वटा हिमालले स्वर्ण महोत्सव मनाईसकेका छन् । सगरमाथा, चोयु, मनास्लु, ल्होत्से, मकालु, र कञ्चनजङ्गा हिमालको स्वर्ण महोत्सव मनाईसकिएको छ ।
सगरमाथा मात्रै रजत महोत्सव
चर्चित हिमालको स्वर्ण र हीरक महोत्सव मनाईसक्दा सगरमाथाको मात्रै रजत महोत्सव मनाईएको छ ।
एनएमएको विवरण अनुसार हालसम्म सात हजार ७०० बढीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । व्यक्तिगत रुपमा मात्रै करिब चार हजारले आरोहण गरेका छन् । सबैभन्दा बढी २१ पटक आप्पा र फुर्वा टासी शेर्पाले सगरमाथाको आरोहण गर्नुभएको छ । नेपालमा हाल ९५,८००० मिटर अग्ला ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएको छ । भूगर्भविद् स्व।डा हर्क गुरुङ्को अध्ययन प्रतिवेदन अनुसार ९५,८००० मिटर अग्ला १७ हजार ९२ वटा हिमाल आरोहण योग्य छन् । एक हजार ३८९ हिमाल आरोहण खोल्न बाँकी छन् ।
प्रतिक्रिया