बंगुरमा यसरी गराइन्छ कृत्रिम गर्भाधान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७३, शनिबार १७:५३

पोखरा १५ असोज  । सरकारी तथा निजी स्तरको पशु प्राविधिकहरुको एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान सम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ । बंगुर पालक किसानहरुलाई दिइदै आएको सो तालिम यसपटक पोखरा र पोखरा देखि पश्चिम क्षेत्रमा रहेका सरकारी र निजी पशु प्राबिधिकहरुलाई प्रदान गरिएको हो । नेपाल बजार कृषि कार्यक्रम सामर्थ र नेपालकै एकमात्र ठूलो बंगुर फार्म पोखरा लाइभस्टक प्रा।लि।को संयुक्त आयोजना र पशुसेवा तालिम केन्द्र पोखराको संयोजनमा असोज ८ देखि १४ गते सम्म तालिम सञ्चालन भएको थियो ।bangur-pig

त्यस्तै किसानका लागी उन्नत बीउविजन कार्यक्रमका संयोजक श्रीराम न्यौपानेले सरकारले दुई बर्ष भित्रमा मुलुकलाई मासुमा आत्मनिर्भर बनाउने निती लाई कृत्रिम गर्भाधानले उन्नत जातको बंगुरहरु उत्पादन गरी टेवा पु¥याउने वताए । नेपाल बजार बिकास कार्यक्रमका प्राबिधिक संयोजक डाक्टर दान बहादुर सिंङले एआई कृत्रिम गर्भाधान गराउने कामलाई तीन महिना सम्म निरन्तरता दिन सकेको खण्डमा प्राबिधिकहरुलाई नेपाल सरकारको बिभागले एआइ प्रमाणपत्र प्रदान गर्ने निती तय गरिएकोले कृत्रिम गर्भाधान गराउने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

पोखरा लाइभस्टक प्रा।लि।का सञ्चालक छ्याम थापाले बंगुरमा अझैपनि कृत्रिम गर्भाधानको कार्यक्रम सरकारी स्तरबाट सुरु हुन नसक्नु दुखद पक्ष रहेको वताए । उनले पोखरा र पश्चिममा आफ्नो फर्मबाट सेवा दिइरहेको भएतपानि टाढा टाढाका किसानहरुलाई यो सेवा दिन चाहेको भएतापनि विभिन्न श्रोत साधनको अभावले यो काम सफल हुन नसकेको वताए ।

तालिममा सहभागी पशु प्राबिधिक इश्वरी आचार्यले आफुहरुले बंगुरमा पनि कृत्रिम गर्भाधान गराउन सकिन्छ भनेर आफुलाई अहिले सम्म थाहा नभएको र तालिममा सहभागी भइ सैद्धान्तिक र ब्यवहारिक सिकाइले धेरै कुरा जान्ने मौका पाएको वताए । आगामी दिनमा तालिममा सिकेका कुरालाई ब्यवहारमा उतारेर साना किसानका लागी उन्नत जातको बंगुर उत्पादनमा सहयोग पु¥याउनका लागी आफुले हरदम प्रयत्न गर्ने उनको भनाइ रहेको थियो । एक हप्ता सम्म सञ्चालन भएको तालिममा चितवन, बांके, बर्दिया, कैलाली, नवलपरासी र कास्कीका गरी १२ जना पशु प्राबिधीकहरुको सहभागीता रहेको थियोभने तालिममाा डाक्टर दान बहादुर सिंङ, डाक्टर राजेश कुमार चौधरी, भीम बहादुर गुरुङ, खिम थापा लगायतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१