मकाउमा रहेका संघ संस्थाहरू एकजुट भई अगाडी बढे नेपालीहरूलाई नै राम्रो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७३, शनिबार १७:२२

karna  कर्ण बहादुर अधिकारी मकाउ,चीन। गैर आबासीय नेपाली संघ मकाउले आयोजना गरेको सातौ बार्षिक साधरण सभा कार्यक्रममा अतिथिको निम्तो स्वीकार गरी आतिथ्य ग्रहण गर्नु भएका नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशीले शुभकामना मन्तब्यका क्रममा गैर आबासीय नेपाली संघ मकाउले बर्तमान समयमा गरेको सामाजिक कार्यहरूको बार्षिक सांगठनिक प्रतिबेदन सुनेर खुशी ब्यक्त गर्दै आउँदा दिनहरूमा यस संस्थाले अझै सक्रिय रूपमा मकाउमा कार्यरत रहेका नेपालीहरू संग समन्वय गरी मकाउमा रहेका नेपालीहरूको आई परेको समस्याहरूलाई समाधान गर्नुका साथै ती नेपाली नागरीकहरूलाई गैर आबासीय नेपाली संघ मकाउमा आबद्ध गराई मकाउमा रहेका राजनिति,जातीय एवं सामाजिक संघ संस्थासंग समन्वय गरी एक आपसमा एकजुट भई अगाडी बढ्दा हामी सबै नेपालीहरूलाई राम्रो हुने थियो र अगाडी बढ्नु पनि पर्छ भन्ने कुरामा जोड दिनु भयो। बिगतका दिनहरूमा मकाउमा १/२ वटा सामाजिक संस्था भए पनि बर्तमान समयमा ९/१० वटा संघ संस्था भई सकेको र प्राय सबै संघ संस्थाहरूको उदेश्य भनेकै सामाजिक कार्यहरूमा अग्रणी भूमिका निवारण गर्नु हो।मकाउमा रहेका संघ संस्थाहरू मध्य पनि गैर आबासीय नेपाली संघ मकाउ पुरानो संस्था भएकोले यस संस्थाले गहन रूपमा सबै संघ संस्था संग समन्वय गर्न जरूरी छ र गर्नु पनि पर्दछ भन्ने धारणा ब्यक्त गर्नु भयो।गैर आबासीय नेपाली संघ मकाउले मकाउमा रहेका सबै क्यासिनोहरूवाट कार्य समितिमा चयन गर्न सके आउँदा दिनहरूमा अझै संस्था प्रभाबकारी ढंगबाट अगाडी बढ्न सक्छ भनेर मन्तब्य राख्नु भयो। कार्यक्रममा प्रमुख अतिथि हंगकंग महाबाणिज्य दुताबासका महाबाणिज्य दुत कमल प्रसाद भट्टराई हुनु हुन्थ्यो भने बिशेष अतिथी गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार याम कुमार गुरूङ(त्रिलोक)एशिया प्यासेफिकका सह संयोजक कृष्ण पाण्डे लगायत मकाउमा रहेका बिभिन्न संघ संस्थाहरूबाट प्रतिनिधित्व गरेका अतिथीहरू हुनु हुन्थ्यो।कार्यक्रमको सभापतित्व गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवालले गर्नु भएको थियो।makau

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१