सामसुङ ग्यालेक्सी नोट ७ पड्केको खबर सेलाउन नपाउँदै आइफोन ७ पनि पड्कियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७३, शनिबार ०७:२०

एजेन्सी । सामसुङ ग्यालेक्सी नोट ७ पड्केको खबर सेलाउन नपाउँदै स्मार्टफोन बजारको हस्ती एप्पलमा पनि यसको प्रभाव परेको छ। एक व्यक्तिले तस्बिरसहित आइफोन ७ पड्केको बताएपछि समाचारमाध्यममा यो चर्चाको विषय बनेको छ। उक्त व्यक्तिका अनुसार उसको साथीले आइफोन ७ अर्डर गरेका थिए तर पाउँदा प्रयोग गर्न नमिल्ने अवस्थामा थियो। फोन पाउँदा जलेको अवस्थामा भएको उनले बताएको अन्तर्राष्ट्रिय समाचारमाध्यममा उल्लेख छ। तस्बिरमा फोन र बक्स जलेको देख्न सकिन्छ तर बक्सको अर्कोतर्फ च्यातेको पनि देखिन्छ।%e0%a4%86%e0%a4%87%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a5%ad-%e0%a4%aa%e0%a4%a1%e0%a5%8d%e0%a4%95%e0%a5%87

अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार यसबाट फोनको ट्रान्जिटमा केही भयो होला भन्ने अनुमान गर्न सकिन्छ तर अफ भएका बेला यो पड्क्यो कसरी भन्ने बहस चलेको छ।   त्यस्तै आइफोन ७ पड्केको यो पहिलो खबर भएकाले यसबारे यकिन तथ्य नआइसकेको बताइएको छ। योभन्दा अघि यस्ता समस्या आएका आइफोनमा कम्पनीको नभई प्रयोगकर्ताको गल्ती भएको पनि पाइएको थियो।

प्रतिक्रिया