काठमाडौं , ३० असार । टेलिभिजन रियालिटी शो की हस्ती किम कार्दशियन र पप गायक क्यान्नेले आँफुहरुले हनिमुन मनाउँदा बसेको होटेलको पैसा नतिरको खबर सार्वजनिक भएको छ ।
निकै तामझामका साथ बिहे बन्धनमा बाँधिएको यो जोडीले होटेलको बीस हजार डलर अर्थात करिब साढे १९ लाख रुपयाँ नतिरेको हो ।
उनीहरुले होटेलको सुबिधा सन्तोषजनक नभएको भन्दै दिईसकेको पैसा पनि फिर्ता लिएको होटेल संचालकले गुनासो गरेका छन् ।
किम र क्यान्ने लाईमरिकको ओलिवर होटेलमा पुगेका थिए । ‘शोबिजस्पाई डटकम’ले किमको जोडीले होटेलको सेवा राम्रो नभएको, मोबाईलको नेटवर्क राम्रो नभएको भन्दै पैसा फिर्ता लिएर होटेलबाट निस्केको जनाएको छ ।
होटेल सञ्चालकले भने किम र क्यान्नेको सेवाका लागि निकै राम्रो तयारी गरिएको र सो तयारी स्वरुपम सेवा पनि गरिएको दावी गरेका छन् ।
प्रतिक्रिया