ट्वीटर गुगलको स्वामित्वमा आउन सक्ने सम्भावना बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०७३, शुक्रबार ११:१८

लोकप्रिय माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफूलाई बिक्री गर्ने तयारी गरेको छ । पछिल्ला केहीबर्षयता कम्पनीको नाफा वृद्धीदर अत्यन्तै सुस्त भएपछि ट्वीटरले आफूलाई बेच्नेृ तयारी गरेको हो । प्राप्त जानकारी अनुसार ट्विटरले आफ्नो बिक्रिका लागि गरिरहेका विभिन्न कम्पनीहरुमध्ये गुगल पनि रहेको छ । कुरा मिलेमा अबको केही समयमै ट्वीटर गुगलको स्वामित्वमा आउन सक्ने सम्भावना छ । तर औपचारिक सम्झौता र अन्तिम छलफल भने भएको छैन । पछिल्लो समय ट्वीटरमा प्रयोगकर्ताहरु पनि निकै सुस्तदरमा बढिरहनु नै ट्वीटरलाई टाउको दुखाईको बिषय बनेको छ । ट्विटर कम्पनीको बजार मूल्य अहिले १६ अर्ब डलर रहेको बताईएको छ । ट्विटरको बिक्रिका लागि गुगल तथा सेल्सफोर्ससँग कुराकानी भैरहेको बुझिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१