भारतीय सेनाको आक्रमणमा परी दुई पाकिस्तानी सेनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७३, बिहीबार १४:५६

काठमाडौँ । भारतीय सेनाको आक्रमणबाट आफ्ना दुई सेनाको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ । उसले काश्मिरको विवादित सीमामा आफ्ना दुई सैनिक मारिएको बताएको छ ।%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a8

भारतले भने पाकिस्तानी भुमिमा प्रवेश गरेर भारतीय सेनाले दुई आतंकवादी मारेको बताएको छ ।

भारतले आफ्नो भूमिमा सर्जिकल अपरेशन गरेको नभइ सीमामा गोली हानाहान भएको दाबी पाकिस्तानले गरेको छ । उक्त भीडन्त भिम्बर, कल र लिपा गाउँको आसपासमा भएको पाकिस्तानले जनाएको छ ।

विभाजित काश्मिरको सीमा मानिएको ‘लाइन अफ कन्ट्रोल’ क्षेत्रमा भारत र पाकिस्तानबीच कहिलेकाहीँ गोली हानाहान हुने गरेको छ । भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण भएकोले अहिलेको भीडन्तले दुई परमाणु शक्ति राष्ट्रबीच युद्व हुनसक्ने त्रास फैलिएको छ ।

केही समयअघि भारतको कास्मिरमा आतंकवादी हमलामा १९ जना भारतीय सैनिकको ज्यान गएपछि भारत र पाकिस्तानबीचको सम्वन्ध तनावपूर्ण भएको हो । यदि भारतले आफ्नो देशमा कुनै किसिमको आक्रमण गरे, त्यसको जवाफ परमाणु बमको प्रयोगबाट हुने पाकिस्तानले चेतावनी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१