गैर आबासीय नेपाली संघ मकाउको “सातौ बार्षिक साधरण सभा” कार्यक्रम भब्यताका साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७३, बिहीबार १३:५०

karnaकर्ण बहादुर अधिकारी मकाउ,चीन। “नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली” भन्ने माहान बाणीलाई आत्मसात गर्दै अगाडी बढेको संस्था गैर आबासीय नेपाली संघ मकाउले आयोजना गरेको “सातौ बार्षिक साधरण सभा” कार्यक्रम भब्यताका साथ मकाउ ताईपा स्थित भेनिशियन होटलको क्याफेडेको रेष्टुरेन्ट हलमा सन २०१६/९/२८ तारीक बुधबारका दिन मकाउमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू र मकाउमा कार्यरत रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि हंगकंग तथा मकाउका लागि हंगकंग माहाबाणिज्य दुताबासका माहाबाणिज्य दुत श्री कमल प्रसाद भट्टराई ज्यू हुनु हुन्थ्यो भने बिशेष अतिथिहरू गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार श्री याम कुमार गुरूङ(त्रिलोक),गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एशिया प्यासेफिकका सह संयोजक श्री कृष्ण पाण्डे, गैर आबासीय नेपाली संघ हंगकंगका पूर्व उपाध्यक्ष एवं बर्तमान सल्लाहकार श्रीमति टिका गुरूङ(राधिका) गैर आबासीय नेपाली संघ मकाउका संस्थापक, पूर्व आईसीसी सदस्य एवं गैर आबासीय नेपाली संघका सल्लाहकार श्री उदय राज वाग्ले हुनु हुन्थ्यो भने अतिथीहरूमा नेपाली समाज मकाउका अध्यक्ष श्री दोर्जे तामाङ,नेपाली प्रवासी मंच मकाउका अध्यक्ष श्री हर्क बहादुर कुवर,नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति,गैर आबासीय नेपाली संघ मकाउका पूर्व सल्लाहकार एवं नेपाली जनसम्पर्क समिति मकाउका बरिष्ठ सल्लाहकार श्री अम्बिर जोशी,तामाङ घेदुङका उपाध्यक्ष श्री सुरेन्द्र तामाङ,किराँत राई यायोख्या मकाउका उपाध्यक्ष श्री रत्नमणी राई,तमु(गुरूङ) समाज मकाउका संयोजक एवं नेपाली जनसम्पर्क समिति मकाउका उपाध्यक्ष श्री लेख बहादुर गुरूङ,किराँत चुम्लुङ्ग याक्थुम मकाउका अध्यक्ष श्री अमारीका लिम्वु,गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका आई सीसी सदस्य शान्ति देवी अधिकारी,लाली गुराँस सोसियल एशोशियशन हंगकंगका संरक्षक एवं राईजिङ नेपाल सोसियल एशोशियसन हंगकंगका अध्यक्ष श्री चेतन गुरूङ हुनु हुन्थ्यो। कार्यक्रममा अतिथीहरूले गैर आबासीय नेपाली संघ मकाउको आउँदो दिनहरू अझै उज्जवल रहोस भनी शुभकामना मन्तब्य दिनुको साथै मकाउमा रहेका संघ संस्थाहरू एक आपसमा एकजुट भएर अगाडी बढ्नु पर्छ भन्नेमा नै जोड दिएका थिए।मन्तब्यका क्रममा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति,गैर आबासीय नेपाली संघ मकाउका पूर्व सल्लाहकार एवं नेपाली जनसम्पर्क समिति मकाउका बरिष्ठ सल्लाहकार अम्बिर जोशीले कार्यक्रममा बोल्दै हामी हरूको बिचार र सिद्धान्त फरक भए पनि उद्देश्य एउटै रहेको भन्दै गैर आबासीय नेपाली संघ मकाउले गरेको गतिबिधि राम्रो भएको साथै कसै को टिकाटिप्णी भन्दा आफ्नो काममा लाग्न र मकाउमा रहेका सबै नेपाली र संघ संस्थाहरूसंग सहकार्य गर्दै अघि बढ्न सुझाब दिनु भयो। बिशेष अतिथिहरू ले गैर आबासीय नेपाली संघका बारे प्रष्ट पार्नुका साथै हंगकंग,मकाउ र चीनका एन आर एन एहरू एक जुट भएर अगाडी बढ्नु पर्छ भन्नेमा कुरामा जोड दिएका थिए।कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार याम कुमार गुरूङ(त्रिलोक)ले गैर आबासीय नेपाली संघको भाबी कार्य योजनाका बारेमा र अहिले सम्म एन आर एन ले गरेको कामहरूका बारेमा मासमा जानकारी गराउनु भएको थियो। गैर आबासीय नेपाली संघको सातौ बार्षिक साधरण सभामा १ बर्षको सांगठनिक प्रतिबेदन र आर्थिक प्रतिबेदन गैर आबासीय नेपाली संघ मकाउका सचिव कर्ण बहादुर अधिकारीले पढेर सुनाउनु भएको थियो भने उक्त कार्यक्रममा सांगीतिक मनोरन्जन दिलाउनका लागि गायक द्धय तुला पर्वत र बुद्ध एन श्रेष्ठले गीत गाएर मनोरञ्जन दिलाउनु भएको थियो।कार्यक्रममा बिदेशी भूमिमा रहेर पनि खेल जगतमा पहिचान बनाउन सफल हुनु भएकी शान्ति देवी अधिकारी र नारी चन्दलाई दोसल्ला ओढाएर सम्मान र प्रमाणपत्र प्रदान गरीएको थियो भने बिगत देखि नै गैर आबासीय नेपाली संघ मकाउमा आबद्ध भई राम्रो काम गरे बापत पूर्व सचिव रामचन्द्र घिमिरेलाई दोसल्ला ओढाएर प्रमुख अतिथिबाट प्रमाणपत्र बितरण गरीएको थियो।त्यसै गरी संघ को कार्य समिति बिस्तार गर्दा कार्य समितिमा आउनु भएका पदाधिकारीहरूलाई पनि प्रमाण पत्र बितरण गरीएको थियो। बार्षिक साधरण सभा कार्यक्रममा गैर आबासीय नेपाली संघ मकाउको बिधान शंशोधन गरीएको थियो उक्त बिधान शंशोधन कमिटीका संयोजक राजेश प्रसाईले शंशोधित बिधान २०१६ पढेर सुनाउनुका साथै हलबाट पास गरीएको थियो।उक्त बिधान मिति २०१६/९/२८ तारीकबाट नै लागु गरीएको छ।उक्त कार्यक्रममा प्रमुख अतिथि हंगकंग तथा मकाउका लागि हंगकंग माहाबाणिज्य दुताबासका माहाबाणिज्य दुत श्री कमल प्रसाद भट्टराई ज्यूले मकाउमा रहेका नेपालीहरूलाई महाबाणिज्य दुताबासले दिदै आएको कन्सुलेट सेवाका बारेमा चर्चा गर्नुका साथै गैर आबासीय नेपाली संघका बारेमा पनि प्रष्टयाउनु भएको थियो। कार्यक्रममा सभापतिको आसन ग्रहण गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवालले गर्नु भएको थियो भने उहाँले मन्तब्यका क्रममा मकाउमा रहेका सामाजिक संघ संस्था एकजुट भएर अगाडी बढ्न सकेको खण्डमा हामी नेपाली राम्रो हुने साथै संघ संस्था अझै मजबुद भएर अगाडी बढ्ने कुराको बिश्वास दिलाउनु भयो।कार्यक्रममा स्वागत मन्तब्य गैर आबासीय नेपाली संघ मकाउका उपाध्यक्ष राजेश प्रसाईले गर्नु भएको थियो भने कार्यक्रमको उदघोषक संघ कै सचिव कर्ण बहादुर अधिकारीले गर्नु भएको थियो।कार्यक्रममा आफ्नो अमुल्य समय दिई उपस्थिति जनाई दिनु भएकोमा गैर आबासीय नेपाली संघ मकाउ सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरू प्रति हार्दिक आभार प्रकट गर्दछौ। karna-1

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१