कसरी भर्ने डिभी चिट्ठा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७३, बिहीबार १३:३७

काठमााडौं, १३ असोज।  नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा अर्थात डिभी चिट्ठा असोज १८ गतेबाट खुल्ला गर्ने जनाएको छ । दूतावासको जानकारी अनुसार डीभी चिट्ठा सन् २०१६ अक्टोबर ४ अर्थात नेपाली समयअनुसार असोज १८ गते ९ः४५ बजेदेखि खुल्ने छ । सन् २०१८ का लागि खुल्ला गरिएको डिभी चिट्ठा कात्तिक २२ गते सम्म भर्न सकिने दूतावासले जनाएको छ । सकेसम्म चाँडै डिभी भर्न दुतावासले आग्रह गरेको छ । डिभी भर्नका लागि कुनैपनि शुल्क नलाग्ने र डिभी भर्दा कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन पनि दूतावासले आग्रह गरेको छ । यदी डिभी फारम भर्दा कुनै सहयोगको आवश्यक परेमाा आफ्नो विश्वासिलो मान्छे वा आफन्तको सहयोग लिएर मात्र डिभी भर्न दूतावासले अनुरोध गरेको छ । dv-lottery
डिभी भर्नका लागि डब्लूडब्लूडब्लू डिभी लोटरी डट स्टेट डट जीओभीमा लगइन गरी डाइभर्सिटी भिसामा गएर अनलाइन फर्म भर्न सकिने छ । यस्तै डिभी भर्दा २१ वर्ष भन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दुतावासले जानकारी दिएको । डिभी फर्म भर्दा पर्छ कि भनेर धेरै पटक डिभी फर्म भरेमा त्यस्तो फर्म रद्द हुनेछ ।
यस्तै डिभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डिभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डिभी भरेमा त्यस्ता उम्मेद्वार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ ।
डिभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डिभी प¥यो कि परेन भनेर चेक गर्न कन्र्फमेसन नम्बर अनिवार्य चाहिन्छ । तपाईंलाई डिभी प¥यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला । तपाइसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१