अर्जेन्टिनालाई हराउँदै जर्मनी बन्यो चौथो पटक विश्व उपाधि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७१, सोमबार ०९:३०

ब्राजिलमा सम्पन्न बिश्वकप फुटबल २०१४ मा २४ बर्ष पछि जर्मनीले उपाधि जितेको छ । सोमबार विहान रियो दी जेनेरियोस्थित माराकानामा रंगशालामा भएको भएको फाइनल खेलमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १,० गोल अन्तरले पराजित गर्दै जर्मनीले चौथो पटक विश्वकपको उपाधि उचालेको हो ।

world cup 2014 winner germany

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको समयको ११३औ मिनेटमा आकर्षक गोल गर्दै मारियो गोतेजले जर्मनीलाई विश्वकपको उपाधि दिलाए। खेलमा दुवैले उत्कृष्ट खेल खेले। गोलका केही अवसरहरु सिर्जनासमेत गरेका थिए। तर, गोलको खाता खोल्न भने सकेनन्। त्यसैले रोमाञ्चक प्रतिस्पर्धा बराबरीमै टुंगियो । world cup 2014 winner germany

जर्मनीका पहिलो रोजाईका मिडफिल्डर सामी केडिरालाई चोटका कारण गुमाएको जर्मनीले उनको स्थानमा आएका क्रिस्टोफ क्रेमर पनि चोट बोक्दै ३२ औं मिनेटमै बाहिरिएका थिए। उनको स्थानमा आन्द्रे सर्ले खेलेपछि जर्मन टिम अझ आक्रमक देखिएको थियो।

यसअघि आयोजक आयोजक ब्राजिललाई ७,१ गोलले फराकिलो अन्तरले हराउँदै जर्मनीले फाइनल यात्रा तय गरेको हो भने अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पन्छाएको हो। यसअघि जर्मनीले ३ पटक विश्वकप उपाधि जितिसकेको छ भने अर्जेन्टिनाले दुई पटक उपाधि जितेको छ ।

world cup 2014 winner germany

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१