डब्लु डब्लु एस द्वारा स्थानीयहरूलाई स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउन एम्बुलेन्स उपलब्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७३, बिहीबार ०८:५५

काभ्रे (पोखरी नारायणस्थान)  । काभ्रेको तिमाल क्षेत्रमा सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको सामाजिक संस्था डब्लु डब्लु एस अर्गनाइजेशनले काभ्रेको तीमाल क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउन एम्बुलेन्स उपलब्ध गराएको छ ।

14449788_313954362301881_4093810265984548107_n

काभ्रेको सदरमुकामबाट करिब ३० किलोमिटर टाढा रहेका जिल्लाका ७ ओटा भन्दा बढी गाविसहरूमा सहयोग पुर्याउने उदेश्यले संस्थाले पोखरी नारायणस्थान गाविसमा रहेको स्वास्थ्य चौकीले सञ्चालन गर्नेगरी एम्बुलेन्स हस्तान्तरण गरेको हो । आज जिल्ला स्वास्थय कार्यालय काभ्रेका निमित्त प्रमुख अनन्तकुमार शर्मा, विशेष अतिथि सत्यमान लामा, जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका अधिकृतद्वय जितेन्द्र श्रेष्ठ, विज्ञान लामा, युवा व्यावसायी धावा लामा, पञ्च लामा, डब्लु डब्लु एसका कार्यक्रम निर्देशक शैलेन्द्र लामा, डब्लु डब्लु एसका समिप त्रिपाठी लगायतले मन्तव्य राखेका थिए ।

14508459_313992908964693_801546514_nकार्यक्रममा बोल्दै विशेष अतिथि सत्य लामाले तीमाल क्षेत्रका शिक्षा र स्वास्थ्य क्षेत्रमा परेका जुनसुकै समस्यालाई समाधान गर्न संस्था तयार रहेको बताउँदै हरेक विद्यालयमा समर हेल्थ क्याम्प सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक क्षेत्रमा सक्रिय भूमिका निभाउँदै आएका लामाले विगतमा पनि हेल्थ क्याम्प  चलाउँदै आएको स्मरण गर्दै विरामी पर्दा अस्पताल नपाएर धेरै दुःख पाएका तिमालबासीले अब त्यस्तो समस्या भोग्नु नपर्ने बताए ।

14501888_313945255636125_2037855996_n

एम्बुलेन्स उपलब्ध भएपछि अब स्थानीयहरूले बिरामी पर्दा सदरमुकामबाट एम्बुलेन्स मगाएर वा अन्य गाडी मगाएर अस्पताल जानुपर्ने बाध्यताबाट मुक्त भएकोमा स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । तीमाल क्षेत्रका पोखरी नारायणस्थान ठूलो पर्सेल, कानपूर, कुरुवास चापाखोरी, मेच्छे, सस्र्युखर्क, लगायतका गाविसहरूका स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाउन एम्बुलेन्सले ठूलो सहयोग गर्ने आशा व्यक्त गरेको समिप त्रिपाठीले बताए । साभार – पलपलको डटकम

14469691_313954235635227_6757816949076481876_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१