नेपालको प्रजातान्त्रिक आन्दोलनका युगपुरुष गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिको जीवन्त कालखण्डका पात्र हुन् । गिरिजाप्रसाद कोइरालालाई उनका विविध गुणहरुका कारणले सम्झने गरिन्छ । अदम्य साहस र आफ्नो अडान प्रति सधैं दृढ रहने कोइराला इतिहासमा अंकित छन् । १०४ वर्षे राणाशासन र ३० वर्षे पञ्चायती निरंकुशताका विरुद्ध मुलुकलाई खोक्रो र जनतालाई अधिकार विहिन बनाईराख्ने राजाका विरुद्ध एउटै व्यक्ति धेरै पटकसम्म लड्ने महान् आदर्शका नेता पनि हुन् । विभिन्न दाउमा रहेका कम्युनिष्टहरुलाई संसदीय व्यवस्थामा ल्याई महान् क्रान्तिकारी भन्नेहरुलाई पनि सर्वसम्मत रुपमै आफ्नै नेतृत्व दिए । राजनीतिक टकरावको त्यस समयमा सहज र सक्षम नेतृत्वको रुपमा कांग्रेस र कम्युनिष्टलाई गिरिजाप्रसाद कोइरालाले नेतृत्व दिए । नेपाल कोइरालाको नेतृत्वमा ०६२÷६३ को आन्दोलनमा होमियो त्यसैको फलस्वरुप कम समयमा नै शान्तिपुर्ण राजनीतिक आन्दोलनले व्यवस्था नै परिवर्तन गरीदियो । मुलुक गणतन्त्रमय भयो ।
२०४६ सालमा जनतासंग झुकेको राजतन्त्र संवैधानीक राजतन्त्रमा सिमित थियो तर पटक पटक संसदीय व्यवस्थालाई कू गर्ने प्रपञ्च राजाबाट गरिंदै आयो । ०४६ सालको जनआन्दोनले राजालाई संविधानले संवैधानिक हैसियतमा राखिदिएको थियो । एकप्रकारले भन्दा नेपाली जनतामा ठूलो परिवर्तन थियो । अवसरहरु प्राप्त थिए । सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालामा पुगेको थियो । त्यसबेलाको सरकारले शिक्षा, स्वास्थ्य, सडक र सञ्चार जस्ता विकासका आधारभुत कुराहरुमा ठूलो फड्को पनि मा¥यो । हो त्यहि बेला प्रतिस्पर्धात्मक र खुला अर्थनीति अंगालेको सरकार निजी लगानीलाई आकर्षित गराईदिने व्यक्तित्व पनि कोइराला नै हो । त्यतिबेला नेकपा एमाले गिरिजाप्रसाद कोइरालालाई असहयोग मात्रै गर्दथ्यो । माओवादीले हिंसात्मक द्वन्दलाई मुलुकभर नफैल्याउँदा सम्म नेपालको आर्थिक विकासले एउटा गति लिएको थियो । २०४६ सालपछि आएको परिवर्तन र त्यो सरकारले ल्याएको परिवर्तन र त्यसले ल्याएका सकारात्मक परिणामहरुलाई संस्थागत गर्न नसक्नु र राम्रा कामको जनस्तरसम्म सुसुचित गर्न नसक्दा नेकपा एमाले ठुलै दल भएको हो । यति गर्दागर्दै पनि माओवादी मुलुकको परिवर्तनलाई, सरकारले गरेको परिवर्तनलाई चुनौति दिन थाल्यो । दल र दरवार बिच असहमति छदै थिए , त्यही बेला फाईदा उठाउँदै माओवादी हिंसाले गतिशुन्यको अवस्थामा पु¥याईदियो । त्यसपछि आजसम्म मुलुकले विकास निर्माणका कुनै पनि क्षेत्रमा फड्को मार्न सकेन । यो पनि गिरिजाप्रसाद कोइरालाको अभाव भएर भएको हो ।
राजा, गिरिजाप्रसाद कोइरालालाई नजरबन्द गर्न थाले, संसदीय व्यवस्था भएको मुलुकका संवैधानिक राजा आफैं प्रधानमन्त्री समेत बन्न थाले । त्यसको विरोध कांग्रेसले ग¥यो । पार्टी सभापति गिरिजाप्रसाद कोइराला जनतालाई भन्न थाले राजा निरंकुश भयो, अब आन्दोलनमा होमिनु पर्दछ, अब अन्तिम पटक आन्दोलनलाई सघाउनुस् हाम्रा छोरा नातीले पटकपटक आन्दोलन गर्नु नपरोस् । यो अन्तिम आन्दोलन बनोस् ।” गिरिजाप्रसाद कोइरालाले राजालाई पटकपटक भनेका पनि हुन् , “राजा तिमि बोर्डरमा छौ याद गर । तिमि सदाका लागि बिदा पनि हुन सक्छौ ।” यसो भन्दा गिरिजाप्रसाद कोइरालालाई टाउकोमा हानेर ढाल्ने काम राजाले गरे । माओवादी जंगलमा थियो । उसको जनयुद्ध भन्ने नारा छदै थियो । माओवादीलाई गिरिजाप्रसाद कोइरालाले भनेका थिए “तिमिहरु मलाई मार, गाउँघरका सोझा सिधा जनतालाई नमार, आउ समस्या समाधान सँगै बसेर गरौं ।” माओवादीलाई गिरिजाप्रसाद कोइरालाले भनेका थिए “तिमिहरु कित्ता छुट्याउ , कि राजाबादी भन कि लोकतन्त्रको लागि सहयोगी बन, म बार्ता गर्न तयार छु । ” त्यसपछि माओवादी र संसदवादी मिलेर अघि बढे । ०६२÷६३ को दोस्रो जनआन्दोलनले राजालाई वनमा र वनमा भएका माओवादीलाई सिंहदरबार पु¥यायो , मुलुक गणतन्त्रमय भयो । त्यस समयको क्रुर शासनका अगाडी लोकतन्त्रका लागि आफू उभिएर कोइरालाले जुन अदम्य शाहस देखाउनुभयो त्यसलाई नेपाली जनताले भुल्नु हुँदैन । गिरिजाप्रसाद कोइरालालाई निडर, निर्भिक र शाहसी व्यक्तित्व लोकतन्त्रका लागि जहिल्यै पनि कसैसँग सम्झौता नगर्ने इतिहासको जिम्मेवारी पुरा गर्ने व्यक्तित्वको रुपमा लिइन्छ । यीनै कारणले नै गिरिजाप्रसाद कोइराला युगपुरुष बने ।
आज सत्ताका वरिपरि रहने बानी लागेका कम्युनिष्टहरु सत्ताप्राप्त गरिसकेका र गर्न लालायित समेतलाई लोकतन्त्र सिकाईदिने प्रेरणाका स्रोत हुन् गिरिजाप्रसाद कोइराला । कांग्रेस हार्ला तर अहिलेको अवस्थामा कसैले पनि आफूलाई कम्युनिष्ट हुँ भनेर देखाउन सकिरहेका छैनन् । प्रचण्डले पनि लोकतन्त्रका कुरा गरेर बहुदल मान्ने, निर्वाचनमा जाने कुरालाई स्विकार गरेर मात्र आएका छन् । यो सबै प्रक्रिया गिरिजाप्रसाद कोइरालाले मिलाएका हुन् । कम्युनिष्ट आफूलाई कम्युनिष्ट राखेर यहाँसम्म आईपुगेका छैनन् । कम्युनिष्ट घोषणापत्रमा जनताले निर्वाचनमा भाग लिन पाउने भन्ने नै हुँदैन । कोइरालाले लोकतन्त्रको आवधिक निर्वाचनलाई स्विकार गरी प्रतिस्पर्धामा आउने कम्युनिष्टहरुलाई लोकतन्त्रवादी बनाउन लिएका हुन् । उनले यसलाई बडा शाहस गरेर हिम्मतका साथ सामना गरे । राणा शासनको परम्परामा दबीएको रैति संस्कृतिका विरुद्ध राजनैतिक चेतना पलाएका गिरिजाप्रसाद कोइराला आफ्नो आवाज बुलन्द गर्दै ०६२÷०६३ हुँदै गणतन्त्र स्थापना गर्दै संविधानसभा समेत निर्माण गरिदिएर नेपाली जनतासित बिदा भए ।
त्यत्रो परिवर्तनको नेतृत्व गरेका कोइराला र उनको दल माओवादी नजरमा पुरातन, प्रतिगामी र सामन्तीहरुको प्रतिनिधि भएको लाञ्छना सहन बाध्य छ । आजको परिस्थितमा मुलुकमा बि.पी. कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता राजनेताको अनुपस्थिति खड्किरहेको छ । मुल्य र मान्यताको राजनीति समाप्त हुँदै गएको छ । देशको सर्वोपरी हितमा आफ्नो जीवन दाउमा लगाउने कोइरालाको राजनीतिक जीवनबाट अहिलेका नेताहरुले सिक्नुपर्ने भएको छ । आफ्नै सँग र अरु धेरै सँग धोका पाएका कोइराला आज हाम्रा सामु छैनन् । तर कुनैपनि मानिस इतिहासमा अंकित हुनका लागि उसले देश र समाजका लागि पु¥याएको योगदानको आधारमा निर्धारित हुन्छ । गिरिजाप्रसाद कोइराला लोकतन्त्रका पर्याय हुन् । उनको सवालमा कहिलेकाँहि आग्रह र पुर्वाग्रहले होच्याउने काम भएका छन् । यस्तो हुनु भनेको इतिहास प्रतिकै धोका हुन जान्छ । नेपाली प्रजातान्त्रिक आन्दोलनका युगपुरुष गिरिजाप्रसाद कोइराला र उनको योगदानको कदर र स्मरण आज आवश्यक भएको छ ।
प्रतिक्रिया