सिमाङ्कनको बिषयमा धादिङ ज्यामरूङबासी जनताको आक्रोस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७३, मंगलवार १७:४०

शंकर धमला,मकाउ चीन। सिमाङकनको बिषयमा धादिङ ज्यामरूङका स्थानीय बासीहरूले आक्रोश ब्यक्त गरेका छन। ज्यामरूङ गाउँ बिकास समितिलाई चैनपुर गाउँ बिकास समितिमा गाभेर चैनपुर गाउपालिका बनाउने कथित षड्यन्त्र भई रहेको सुन्न आएकोमा यस प्रति हामी ज्यामरूङ बासीहरूको घोर बिरोध तथा आपति छ।स्थानीय जनताको चाहना बिपरीत हुने जुन सुकै निर्णय पनि स्विकार्य हुने छैन।ज्यामरूङलाई निलकण्ठ नगरपालिकामा गाभ्नु पर्छ भन्ने स्थानीय जनता,राजनित दल हरू,साथै बुद्धि जिबीबर्गको निर्णय बिपरीत जुनकार्य हुदैछ यसको लागि हामी ज्यामरूङ बासी जुन सुकै मुल्य चुकाउन तयार रहेका छौ।यदा कदा आज सामाजिक संजालमा २,४ जना ज्यामरूङ बासी मित्रहरूले लेख्नु भएको स्टाटसले आज हामी ज्यामरूङ बासीहरू माथि ठुलो आघात पुर्याएको स्पष्ट छ।जनयूद्घको नाममा धनयुद्ध गरेर आउने मित्रहरूले तपाईहरूले नत हिजो नै ज्यामरूङ बासीको लागि केही गर्नु भयो नत आज नत भोली नै गर्नु हुनेछ। shankarआज गणितीय भाषा अनुसार आफुलाई फाईदा हुने गरी र हामी लाई चोट पुर्याउने गरी हुन लागेको निर्णयमा ज्यामरूङ बासी जनता एक भएर,कुनै पाटी ,जात,धर्म, नभनि ज्यामरूङबासी एक भएर संघर्ष गर्ने चेतावनी दिन चाहन्छौ। हामी आज हाम्रो लागि भन्दा हाम्रो पुस्ता को लागी र हाम्रो धार्मिक तथा संस्कृति ईतिहास जोगाउनको लागि लडाई लड्नु पर्ने अबस्था आएको छ।बिबिध यी कुरा हरू माथि सम्बन्धित निकाय,प्रशाशन,राजनितक दल लगायत सबैलाई जानकारी गराउन चाहन्छु।यदि हाम्रो चाहना बिपरीत भएमा हामी जुनसुकै कदम पनि चाल्न बाध्य हुने छौ। यदी हामीले चाहना बिपरीत आन्दोलन गर्नु परेमा हाम्रो चाहना बिपरीत बोल्ने ज्यामरूङ बासीहरूलाई समेत चेतावनी दिन चाहन्छु।यदि हाम्रो कुरा को सुनुवाई नभए सम्म कुनै पनि राजनिति दलका नेताहरूलाई ज्यामरूड.प्रबेसमा रोक लगाईने छ साथै ज्यामरूङ हुदै जाने १ धादिङ बेसी देखि आरूघाट २ धादिङ बेशी बिच बजार देखि साँङकोट, हुदै उत्तरी क्षेत्र जाने सबै सबारी साधन , स्कुल कलेज अनिश्चित कालिन बन्द गर्न बाध्य हुने छौ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१