४ दिने उद्घोषण तथा नेतृत्वबिकास तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७३, मंगलवार १७:३७

स्याङ्जा ।  चापाकोट स्याङ्जा स्याङ्जाको चापाकोट ४ दामाचौर मा रहेको श्री जनहित उच्च मा बि मा नेपाल विद्यार्थी संघ इकाई कार्यसमिति जनहित उच्च मा बि द्वारा आयोजित युवा सशक्तीकरण नेतृत्वबिकास तालिमको भब्य समारोहका बिच समापन गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेपाली काङ्ग्रेस महासमिति सदस्य माया रानाले तालीमले ब्यक्तिलाई ब्यबहारिक बनाउने भन्दै नेतृत्व बिकासमा यस्ता कार्यले अझ महत्त्व राख्न्ने बताउनुभयो त्यस्तै कार्यक्रम मा नेपाली काङ्ग्रेस क्षेत्र न का क्षेत्रीय सभापति ईश्वर खाड, नेपाल तरुणदल जिल्ला अध्यक्ष भगवत प्रकाश मल्ल, नेपाली काङ्ग्रेस जिल्ला सदस्य बिक्रम सारु, नेपाली काङ्ग्रेस चापाकोट नगर सभापति रामचन्द्र पङ्गेनी, ने बि संघ क्षेत्रीय सभापति धनराज पौडेल लगाएतले बिपि को आदर्श र त्यागलाई सम्झदै अघि बढनुपर्ने कुरामा जोड दिनुभएको थियो कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सञ्चारकर्मी संघ नेपाल का सचीव खगेन्द्र भण्डारीले तालिमको उपलब्धि को समिक्षा गर्दै आम विद्यार्थी को परिवर्तन मा तालिम ले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।pro त्यस्तै कार्यक्रम मा जनहित उ मा बि बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष पर्सुराम लम्साल, प्रशिक्षक सुरज भण्डारी, ने बि संघ जिल्ला सदस्य माधव भट्टराई, तरुण नेता शुक्र राना तरुण नेता बिश्वास पुरी, नेबिसंघ क्षेत्रीय सदस्य ऋषि बस्याल, नेपाली काङ्ग्रेस चापाकोट वडा न १० सभापति भुवन भण्डारी, नेबिसंघ मिर्मी बहुमुखी क्याम्पस ईकाइ सभापति रेसमी राज न्यौपाने, नेबिसंघ चापाकोट सभापति महेश डोटेल लगाएतले धारणा व्यक्त गर्नुभएको थियोे । कार्यक्रम मा ६० जना प्रशिक्षार्थी को सहभागिता रहेको कार्यक्रममा सर्मिला नेपाली, सपना राना, सान्ती के सि, बिमल पान्डे, देवका खनाल, लगाएतले अनुभव मन्तव्य व्यक्त गर्नुभयो । इकाई सभापति सुस्मिता पौडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नेबिसंघ क्षेत्रीय उपसभापति गोपि कृष्ण रेग्मी ले र संचालन प्रशिक्षार्थी बिद्या खनालले गर्नुभएको थियोे। ४ दिन सम्म संचालित प्रशिक्षण को सहजीकरण सञ्चारकर्मी संघ नेपाल का केन्द्रीय प्रशिक्षक खगेन्द्र भण्डारी, सुरज भण्डारी नेबिसंघ का गोपिकृष्ण रेग्मी, माधव भट्टराई लगाएतले सहजीकरण गर्नुभएको थियो।

प्रतिक्रिया