फेरी प्रकट भए ‘पल बाबा’: जमर्नी च्याम्पियन बन्ने भविष्यवाणी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ असार २०७१, आईतवार १५:४७

 (एजेन्सी) – सन् २०१० को फिफा विश्वकपमा खेलहरुको नतिजाको सही भविष्यवाणी गरेको तहल्का मच्चाएको ‘पल’ नामक अक्टोपस जस्तै अर्को अक्टोपसले यतिबेला विश्वकपको भविष्यवाणी गरिरहेको छ । जर्मनीको के सी लाइफ एक्वेरियममा राखिएको यस नयाँ अक्टोपसको नाम पनि पलबाटै क्लीनर पल (सानो पल) राखिएको छ ।0956_1 यस अक्टोपसले जर्मनी विश्व च्याम्पियन बन्ने भविष्यवाणी गरेको छ । फिफा विश्वकपको फाइनल १३ जुलाईको राती जमर्नी र अर्जेन्टिनाबीच हुँदैछ । यसअघि सन् २०१० को विश्वकपमा पलले स्पेन विश्वकप च्याम्पियन बन्ने सटिक भविश्यवाणी गरेको थियो । त्यसको तीन महिनापछि पलको मृत्यु भएको थियो । अहिले पनि भविष्यवाणी गर्नका लागि पूरानै तरिका अपनाइएको छ । जसमा दुई वटा सिसाको भाँडा दुई देशको झण्डा टाँसिन्छ । त्यसपछि त्यो भाँडामा अक्टोपसको खाना भरिन्छ । जुन देशको झण्डा भएको भाँडामा गएर त्यसले खायो, त्यही टिमले जित्छ भन्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१