करिना पति सैफअली खानको एक चाहना सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७३, मंगलवार ०६:४०

नायिका करिना कपुर अहिले चर्चामा छिन्, जसको मुख्य कारण उनी गर्भवती हुनु हो । करिना गर्भवती भएदेखि नै मिडियामा उनको समाचारले उच्च स्थान पाइरहेको छ । कहिले फोटोसुट त कहिले सार्वजनिक कार्यक्रममा उपस्थिती, करिनाका लागि चर्चाको मुख्य बिषय यही नै बनेको छ ।saif-and-kareena

हालै मात्र करिनाले पति सैफअली खानको एक चाहना सार्वजनिक गरेकी छिन् । करिनाका अनुसार सैफ उनलाई सधै नै गर्भवती देख्न चाहन्छ । उनले भनिन्(‘सैफ मलाई गर्भवती हुँदा निकै राम्री भएको बताउँछन् । यसैले आफूलाई सधै नै गर्भवती अवस्थामा नै देख्न चाहने इच्छा उनले राखेका छन् ।’

करिनालाई मिडियाले सैफ सन्तानको नाम के राख्न चाहन्छन् भन्ने प्रश्न सोधेका थिए । जसमा करिनाले भनिन्(‘सैफको ‘सैफिना’ नाम निकै फन्नी लाग्छ । यसैले उनी बच्चाको नाम सैफिना राख्न चाहन्छन् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१