मनकामना एफएमले शिक्षा मैत्री सञ्चार अभियान सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७३, सोमबार १८:३६

शंखर पहाडी,मनकामना गोर्खा/ १० असोज  ।
गोर्खामा सञ्चालीत मनकामना एफएमले शिक्षा मैत्री सञ्चार अभियान सुरु गरेको छ । मनकामना एफएम ९८.७ ले गोर्खामा रहेका सबै सरकारी तथा गैर सरकारी विद्यालयलाई लक्षीत गर्दै सञ्चार माध्यम र विद्यार्थी तथा विद्यालयहरु विचको सम्बन्ध कसरी सहज र सरल बन्न सक्छ भन्ने अन्र्तक्रियात्मक कार्यक्रम सहित अभियान सुरु गरेको होे । पहिलो चरणमा हरेक विद्यालयमा रेडियो स्रोता क्लव गठन गर्ने कार्यक्रम रहेको छ । जस अनुसार आज मनकामना उच्च माविमा रेडियो स्रोता क्लव गठन गरेको हो । कक्षा ११ र कक्षा १२ मा २ वटा क्लव गठन गरिएको हो । कक्षा ११ मा निमर्ला थापाको संयोजकत्वमा ४१ सदस्य र कक्षा १२ मा अनिता श्रेष्ठको संयोजकत्वमा २८ सदस्य स्रोता क्लव समिति गठन गरेको हो । त्यस्तै मनकामना उच्च माविले आफ्नो पहिलो त्रैमासिक परिक्षाको नतिजा पनि आज सार्वजनीक गरेको छ । भदौ ३१ गते सकिएको शिशु कक्षा देखि कक्षा १० सम्मको पहिलो त्रैमासीक परिक्षाको नतिजा आज सार्वजनीक गरेको हो ।
अभिभावकको हात हातमा आफ्ना छोराछोरीको शैक्षिक गतिविधी तथा नतिजा पुर्याउन लब्धाङक पत्र मार्कसिट उपलब्ध गराउने लक्षका साथ मार्कसिट तयार पारिएको विद्यालयका प्रधानाध्यापक अरविन्द्र कुमार मिश्रले जानकारी दिनु भयो । परिक्षा सकिएको करिब १० दिनमा परिक्षाको नतिजा सार्वजनीक गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१