कट्रिना सिद्धार्थ मल्होत्रासँग रोमान्स गर्दै (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७३, सोमबार १६:४०

अहिले बलिउड क्षेत्रमा कट्रिना कैफ र अभिनेता सिद्धार्थ मल्होत्राको रोमान्सले बलिउड तातेको छ । तर यो रोमान्स वास्तविक जीवनमा नभई फिल्ममा हो । फिल्म ‘बार बार देखो’ मा यी दुई निकै कामुक दृश्यमा देखिएका छन् ।
उनीहरुको रोमान्स दृश्य अहिले सामाजिक संजालमा भाइरल बनेको छ । यो वर्ष बलिउडमा धेरै फ्रेश जोडी रोमान्स गर्दै पर्दामा देखिने भएकाले २०१६ का केही महिना दर्शकहरुका लागि विशेष हुने भारतीय संचारमाध्यमले जनाएका छन् । यो फिल्म सेप्टेम्बरमा रिलिज हुनेछ । र संयोग कस्तो भयो भने यो फिल्म रिलिज हुने दिन बलिउडको बक्स अफिसमा सलमान खानको होम प्रोडक्सनमा बनेको फिल्म ‘फिक्री अलि‘ पनि रिलिज हुँदैछ ।
उक्त दुई फिल्ममा कसले बाजी मर्ला त्यो त आगामी दिनमा देखिनेछ । फिल्म ‘बार बार देखो को’ ट्रेलर केही दिन अगाडि सार्वजनिक गरिएको छ। नित्या मेहराद्वारा निर्देशित फिल्म ‘बार बार देखो’ निकै रोमान्टिक फिल्म भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।
https://youtu.be/Wiuj_GHlb64

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१