पछिल्लो समयमा गायनमा जम्दै गरेको नामहो नित्याशिवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७३, सोमबार १३:२९

काठमाडौँ । हरेक किसिमको र हरेक प्रकारको गीतमा आवाज दिदै आएकी नित्याशिवाको आवाज हरेक प्रकारको गीतमा फिट हुन्छ। चाहना मनको र मेरो दिलमा गरि उनको दुइ एल्बम सार्वजनिक भएकाछन भने तेस्रो एल्बम मेरो कथा बजारमा आउने तयारीमा छ्न। बिधवा चलचित्र बाट पार्स्व गायन मा प्रवेश गरेकी नित्याले रक्षा ,सत्या आरोप, गोरे, देश भक्त सिपाही लागाएत का करिव 15 चलचित्र मा आवाज दिएकी छ्न । सत्या , नर्सिम्हा, आरोप चलचित्र रिलिज भए पछि नित्याशिवा पार्स्व गायनमा जम्ने देखिन्छ। उनि चलचित्र , एल्बम हुदै अब एक यस्तो गीत बजारमा ल्याउने तयारीमा छिन जस्ले महिला आवाज पनि यस्तो गीत प्रस्तुत गर्ने सक्छ? भन्ने एक उदाहरण बन्न चाहन्छिन। हालै तिजको दुइ गीत हातैमा रातो चुरा र पोहोर साल एक्लै नाच्यौ बजारमा आएको थियो भने यो दशै र तिहारको अबशर पारेर पुस्कर सुनुवार र नित्याशिवाकोआवाजमा दशै र तिहार को गीत रिलिज भएकोछ। दशै तिहार लगतै उनको एल्बम मेरो कथा बजारमा आउदैछ।
https://youtu.be/rxoCbl-IhyM

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१