थारु महिलाहरु आधुनिक तरकारी खेतीतर्फ उन्मुख

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७३, सोमबार १२:१४

कोहलपुर ।
कोहलपुर ग्रामीण क्षेत्रका थारु समुदायका युवा तथा महिलाहरुले प्राविधिक सीप सिकेर आधुनिक तरकारी खेती गर्न थालेका छन् । समूह बनाएर थारु समुदायका महिला र युवाहरुले तरकारीका बिभिन्न जातका बीउ आफैं उत्पादन गर्ने र खेती पनि आफंै गर्ने गरेको पाइएको छ । tharuतरकारी खेती गर्ने परम्परागत तरिका फेरिएको कोहलपुर नगरपालिका –३ मटेहियाका तिलक थारुले बताउनुभयो । बेस बाँकेको जीवन परियोजनाले थारु समुदायका महिला र युवाहरुलाई आय–आर्जनमा आर्कषित गर्नका लागि प्राविधिक र आर्थिक सहयोग समेत गर्दै आएको छ । जीवन परियोजना अन्तर्गत्कै प्राविधिक सहयोग लिएर थारु समुदायका युवा र महिलाहरुमा परम्परागत तरिकाले तरकारी उत्पादन गर्ने शैली फेरिएको हो । बीउ कसरी उत्पादन गर्ने, तरकारी खेती गर्दा कस्तो बिधि अपनाउने, औषधि कति हाल्ने जस्ता सीप आफूले सिकेको मटेहियाकै सम्झना स्वयम् सहायता समूहका सदस्य दयासागर थारुले बताउनुभयो । जीवन परियोजनाका सामाजिक परिचालक जोगीलाल थारुले निम्न बर्गका महिला र युवाहरुलाई आर्थिक आयआर्जन तर्फ आर्कषित गरी आत्मनिर्भर बनाउनका लागि सहयोग गरिहेको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१