विश्व पर्यटन दिवस नेपालमा पनि मनाईने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७३, सोमबार ११:२०

काठमाडौँ ।  सरकारले यस वर्ष पनि विश्व पर्यटन दिवसलाई विविध कार्यक्रम गरी मनाउने भएको छ । आगामी सेप्टेम्बर २७ तारिख अर्थात् असोज ११ गतेका दिनलाई विशेष कार्यक्रमका साथ मनाउने तयारी भएको दिवस मूल आयोजक समितिले  पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae

दिवसलाई भव्यरुपमा सफल बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा ६५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीको अध्यक्षतामा १८ सदस्यीय कार्यक्रम कार्यान्वयन उपसमिति तथा आठवटा विभिन्न उपसमिति गठन गरिएको छ ।

‘पर्यटनमा सबैलाई विश्वव्यापी पहुँचलाई प्रवद्र्धन’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका दिन बिहान प्रभातफेरी पश्चान नेपाल पर्यटन बोर्डमा औपचारिक समारोह आयोजना गरिनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउने पहिलो विमानबाट आउने पर्यटकलाई विशेष स्वागत गरिने आयोजकले जनाएको छ ।

जिल्लाजिल्लामा समेत विविध कार्यक्रम गरिने र साँझमा पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी संस्थामा दिपावली गरिनेछ । पर्यटनसँग सम्बन्धित पाँचवटा संस्थालाई पुरस्कृत गरिने पनि मूल समितिले जनाएको छ ।

पर्यटनको मुख्य चुनौती हवाई सञ्जाल र यातायात विस्तार भए पनि त्योभन्दा बढी पर्यटनको बजारीकरण र प्रवद्र्धन हो भन्दै दिवसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१