काठमाडौं । कपनमा बस्दै आएकी १८ वर्षीया एक युवती गत १२ साउनमा पशुपतिको मृगस्थलीमा डेटिङ गएकी थिइन् । मृगस्थलीछेउमा प्रेमीसँग सेल्फी खिच्दै गर्दा दुई युवक आएर भने मन्दिर क्षेत्रमा अगाँलो मारेर बस्ने, लाज लाग्दैन हिँड्नोस् हामीसँग ।
उनीहरु रातोपिरो भएर ती युवकका पछाडि लागे । पुलिसकै शैलीमा कपाल काटेका र बुट लगाएका उनीहरुले सादा पोसाकमा काम गर्ने बालाजुका प्रहरी भएको बताए । प्रहरी कार्यालयमा जानुपर्ने भन्दै यवती र उनका प्रेमीलाइ दुवैजनाले मित्रपार्कसम्म पुर्याए । प्रहरी भनेपछि उनीहरु डराए, पछि पछि लागे ।
तर, ती जोडीलाई पक्राउ गर्नेहरु प्रहरी थिएनन्, लुटेरा थिए । प्रहरी भएको झुटो दाबी गर्दे उनीहरुले उक्त जोडीको सम्पत्ति मात्र लुटेनन् युवतीको इजतसमेत लुटे, रसुवाका ल्याकु ग्याल्बो घले र रामेछापकका अनिल खडेकाले प्रहरीको नाम दिएर युवकको धनमाल लुटे भने युवतीलाइ बलात्कारसमेत गरे । अहिले ती लुटेराहरु प्रहरी नियन्त्रणमा छन् ।
प्रतिक्रिया