काठमाडौंका एक दर्जन बढी व्यापारिक मलहरूको कर छलि धन्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७३, शुक्रबार ०६:२७

काठमाडौँ ,७ असोज । व्यापारिक प्रायोजनका लागि निर्माण गरिएका भवनहरूले सरकारलाई नियमित कर तिर्ने गरेका छैनन् । काठमाडौंका एक दर्जन बढी व्यापारिक मलहरूले नियमित रूपमा कर नतिरेको पाइएको हो ।kathmandu-mall

स्थानीय स्वायत्त शासन ऐनको दफा १४६ अन्तर्गत व्यापारिक कारोबारका लागि निर्मित भवनले घरजग्गा कर, मालपोत कर, बहाल कर, सवारी कर वार्षिकरूपमा नै तिर्नुपर्ने प्रावधान रहेको छ ।

खाद्यसंस्थानको जग्गामा रहेको कंचनगंघा टावर, विश्वविद्यालयको जग्गामा रहेको युनाइटेड वर्ड ट्रेड सेन्टर, नेशनल ट्रेडिङ लिमिटेड टेकु, थापाथलीस्थित नेपाल जेसीसद्वारा नवनिर्मित दुईवटा भवन, सिविल मल र काठमाडौं मलले नियमित कर नतिरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

सरकारलाई वार्षिक घरजग्गा बहाल, व्यवसायिक, सवारी कर तिर्नुपर्ने प्रावधान रहे पनि कतिपय व्यापारिक संस्थाले कारोबारको विवरणसमेत पेश गरेका छैनन् ।

नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१