उत्कृष्ट मूल्यका होटलमा नेपालबाट दशवटा चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७३, बिहीबार १८:४५

काठमाडौं । विश्वका उत्कृष्ट मूल्य भएका होटलहरुको सूचीमा नेपालबाट १० वटा होटलहरु पर्न सफल भएका छन् । ट्राभल वेबसाइट ट्रिप एडभाइजरले नेपालका १० होटलहरुलाई उत्कृष्ट मूल्य भएका होटलहरुको सूचीमा राखेर ’ट्राभलर्स च्वाइस अवार्ड’ प्रदान गरेको हो ।
गत वर्ष होटलमा बसेका पर्यटकहरुको प्रतिक्रयाका आधारमा ट्रिप एडभाइजरले विश्वभरका उत्कृष्ट मूल्य भएका होटलहरु छनौट गरेको हो । वेबसाइटले विभिन्न ६ विद्यामा विश्वका उत्कृष्ट होटल तथा लजहरु छनौट गरी ‘ट्राभलर्स च्वाइस अवार्ड’ प्रदान गर्दै आएको छ ।
उत्कृष्ट मूल्य भएका होटलहरुको सूचीमा काठमाडौंबाट ५ वटा, पोखराबाट ४ वटा र सौराहाबाट १ वटा होटल छनौट भएका छन् । अन्य दुई विधामा पनि नेपालका होटलहरुले ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाउन सफल भएका छन् । उत्कृष्ट होटल विद्यामा १० वटा र साना होटल तथा लज विधामा २५ वटा परेका छन् ।
यो वर्ष विश्वभरका ७ हजार १२३ होटलहरुले ट्राभलर्स च्वाइस अवार्ड पाएका छन् । वेबसाइटमा लाखौं पर्यटकहरुले गरेको समिक्षा र नम्बरलाई आधार मानेर होटलहरु छनौट गरिएको हो ।
यस्ता छन् नेपालका उत्कृष्ट मूल्य भएका होटल

ट्रेकर्स होम, काठमाडौं
व्याकवार्ड होटल, काठमाडौं

 

स्क्रेड भेली इन, पोखरा

 

होटल सिल्भर होम, काठमाडौं

 

होटल भ्यू प्वन्ट, पोखरा
होटल ट्राभल इन, पोखरा

 

जंगल सफारी लज, सौराहा

 

होटल मिडल पथ, पोखरा
होटल फेमिली होम, काठमाडौं

 

होटल इनकाउन्टर नेपाल, काठमाडौं

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१