भारतीय सीमा नाकाबाट भन्सार छलीका जुत्ता भित्र्ने क्रम ह्वातै बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७३, बिहीबार १७:१३

काठमाडौं,६ असोज  । नेपाली बजारमा भन्सार छलीका जुत्ता तथा चप्पन भित्रने क्रम बढेको छ । पछिल्लो समय भारतीय सीमा नाकाबाट भन्सार छलीका जुत्ता भित्र्ने क्रम बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । दशै तथा तिहारको समयमा नेपाली बजारमा जुत्ता तथा चप्पल बढी खपत हुने भएपनि भन्सार छलीबाट आउँदा नेपाली उद्योगीहरु मर्कामा परेका हुन् ।rkfinal1

हाल तस्करहरुले भारतीय सीमा नाकाबाट साइकल तथा मोटरसाइकलबाट भन्सार छली गरेर नेपाली बजारमा जुत्ता भित्र्याउने गरेका छन् ।  केही समय अघिसम्म नेपाली बजारमा आयात हुने जुत्तामध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आउथ्यो । तर पछिल्लो समय भारतबाट बढी आयात हुन थालेको छ । खुला सीमा नाका तथा भन्सारबाट पनि सहज रुपमा ल्याउन सकिने भएकाले भारतबाट आयात बढेको हो ।

यता भन्सार प्रशासनले भने भन्सार छली तथा न्युन विजकीकरणबाट जुत्ता चप्पल भित्रने क्रम बढेको गुनासो आएपछि सो सम्बन्धमा छानविन बढाएको छ । हाल भन्सार छलीबाट सामान भित्रन सक्ने सम्भावित स्थानहरुमा प्रहरीसँगको सहकार्यमा निगरानी बढाइएको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१