अल्टिच्युड एयरले ल्यायो एयरबसको हेलिकोप्टर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७३, बिहीबार ०७:४९

halicoptorकाठमाडौँ  । नेपाली आकाशमा नयाँ हेलिकोप्टर थपिएको छ । नयाँ कम्पनी अल्टिच्युड एयर प्रालिले फ्रान्सको एयरबस कम्पनीमा निर्माण भएको एच १२५ हेलिकोप्टर नेपाली आकाशमा थप्न लागेको हो । कम्पनीले सोमबार नयाँ हेलिकोप्टर नेपालमा भित्राको हो । नेपाल भित्रिएको हेलिकोप्टरलाई एक साताभित्र एसेम्बल गरेर असोज ९ गते परीक्षण उडान गर्ने कम्पनीले जनाएको छ । परीक्षण उडान गरेको एक साताभित्र नै व्यावसायिक उडान गर्ने कम्पनीले तयारी गरेको छ। ६ जना यात्रु र एकजना पाइलट बस्न मिल्ने सिट रहेको हेलिकोप्टर फ्रान्सको एयरबस कम्पनीमा निर्माण भएको हो । हेलिकोप्टर २७ करोडमा खरिद गरिएको कम्पनीले जनाएको छ । एयरबस कम्पनीको एच १२५ हेलिकोप्टर विश्वका १ सय २० देशमा उड्ने गर्छन् । यी देशका १ हजार ८ सय अपरेटरले ६ हजार हेलिकोप्टर उडाउने गरेको कम्पनीले जनाएको छ । यो हेलिकोप्टर संसारभर उच्च भूभागमा उद्धारका लागि प्रयोग हुँदै आएको छ । सिंगल इन्जिन रहेको हेलिकोप्टरले उच्च क्षमता दिने एयरबसले जनाएको छ । यो हेलिकोप्टरले २००५ मे १४ मा सगरमाथामा ल्यान्ड गरेर विश्व रेकर्ड बनाएको थियो । अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाले नेपाली आकाशमा व्यावसायिक रूपमा यात्रुहरूलाई गुणस्तर सुविधा दिनका लागि नयाँ कम्पनी स्थापना भएको बताए । ‘हामीले अबको २ साताभित्र व्यावसायिक उडान सुरु गर्छौँ,’ उनले भने । काठमाडौं आधार क्षेत्र रहेको कम्पनीले चार्टरमार्फत नेपालभर उडान गर्नेछ । हाई अल्टिच्युड उद्धार, पर्यटकीय स्थल अवलोकन, माउन्टेन फ्लाइट, विकास र पूर्वाधारका लागि सिलिङ सर्भिस गर्ने कम्पनीले जनाएको छ । एक अर्ब लगानी परियोजनामा अगाडि बढेको कम्पनीले दुई वर्षभित्रमा तीनवटा हेलिकोप्टर पु(याउने योजना बनाएको छ । कम्पनीले आगामी जनवरीभित्र अहिले आएको मोडलजस्तै एउटा हेलिकोप्टर थप्ने र त्यसको एक वर्षपछि अर्को हेलिकोप्टर थप्ने योजना बनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक शेर्पाले आगामी २ वर्षभित्रमा ३ वटा हेलिकोप्टर पु(याउने बताए । ‘हामी पूर्ण व्यावसायिक रूपमा जाने योजनामा छौँ, उद्धारदेखि गाउँ–गाउँमा विकासका सामान झुन्ड्याएर पु(याउनका लागि उडान भर्ने योजना हो,’ उनले भने । अहिले भइरहेको हेलिकोप्टर कम्पनीसँग आफ्नो स्वस्थ प्रतिस्पर्धा हुने र आफूहरूले गुणस्तर र सुरक्षामा बढी ध्यान दिने उनले बताए । नेपालमा ७ वटा हेलिकोप्टर कम्पनीहरू रहेका छन् । नेपालमा उद्धार, माउन्टेन फ्लाइट, स्थल अवलोकनदेखि चार्टरमा हेलिकोप्टरको प्रयोग भइरहेको छ । अल्टिच्युडले ल्याएजस्तै हेलिकोप्टर २ वर्षअघि मनाङ एयरले पनि ल्याएको थियो । नयापत्रिका बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१